३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

एनपिएल : काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन



काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ ।

दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले आज लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । जितका लागि पाएको १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९ दशमलव एक ओभरमा १३५ रनमा रोकियो । जसमा शेर मल्लले सर्वाधिक २८, दिलीप नाथले २५ रन जोडे पनि हार टार्न सकेनन् । बलिङमा काठमाडौँका मिलिन्द कुमार र जेरार्ड एरास्मसले दुई/दुई विकेट झारे ।

यसअघि त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १५७ बनाएको थियो । जसमा कप्तान करण केसीले अविजित ३४, आकाश त्रिपाठीले ३२, सन्तोष यादवले २६ रनको योगदान गरे । लुम्बिनीका कप्तान रोहित पौडेल, खेलाडीहरू शेर मल्ल, गुल्बादिन नायब, रूबेन ट्रम्पलम्यानले दुई/दुई विकेट लिए ।

योसँगै काठमाडौँले चार खेलबाट दुई हार र दुई जितसहित चार अङ्क जोडेको छ । काठमाडौँको ‘प्लेअफ’को सम्भावना जीवित छ । तीन खेल खेलेको लुम्बिनीले एक खेल मात्रै जितेको छ । यो हारले लुम्बिनीको ‘प्लेअफ’को सम्भावना कठिन बन्दै गएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ८ : ३२ बजे

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारारागारबाट फरार भएका