२७ मंसिर २०८२, शनिबार | December 13, 2025

प्रसन्न श्रेष्ठको स्मृतिमा खस्यौली फुटसल प्रतियोगिता सुरु



बुटवल । फुटबल खेल र खेलाडीहरुको विकास गर्ने उद्देश्यका साथ रुपन्देहीमा स्वर्गीय प्रसन्न श्रेष्ठको स्मृतिमा प्रथम खस्यौली फुटसल प्रतियोगिता २०८१ शुरु भएको छ । ‘खेलकुदको विकास, हाम्रो अभियान’ नारासहित स्थापना भएको खस्यौली फुटबल क्लबको आयोजनामा शनिबार भएको उद्घाटन खेलमा आयोजक खस्यौली रेडले आर्दश एफसीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

खस्यौलीका सुजल पौडेल, कमल सुर्यबंशी र रिजन सुनारले गोल गरे । आर्दश एफसीका मिलन मगरले दुई गोल गरे । एक समारोहका बिच समाजसेवी चिरन्जीवी श्रेष्ठले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए ।

कार्यक्रममा आधुनिक समाज डेन्टल प्रालिका योजना प्रमुख माधव सापकोटाले समाज डेन्टलबाट समुदायमा गरेका दन्त सुरक्षा र क्यान्सर सचेतनाका कार्यक्रममा बारे प्रकाश पार्दै गतवर्ष करीब १ लाख भन्दा बढीको समुदायमा पुगेर मुख स्वस्थ्य परिक्षण गरेको बताए । कोभिड संक्रमणकालको स्मरण गर्दै मानव स्वस्थ्यप्रति सचेतना बढाउन खेलकुद जरुरी रहेको उनले बताए ।

कार्यक्रममा क्लबका संरक्षक गोपाल कुमार प्रधान, टिम म्यानेजर महेन्द्र थापा, सदस्य महेश श्रेष्ठले मानव स्वस्थ्य र खेलकुदलाई जोड्न निरन्तर खेलप्रतियोगिता गर्न जरुरी रहेको बताए । प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक स्वस्तिक श्रेष्ठले बताए । यसैगरि उपविजेता टिमले नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा विधागत रुपमा उत्कृष्ट खेलप्रदर्शन गर्ने खेलाडीहरुलाई समेत नगद पुरस्कारको ब्यवस्था रहेको उनले बताए । तिलोत्तमास्थित मोनालिसा फुटसल एरिनामा हुने प्रतियोगितामा २० टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गर्ने उनले बताए ।

युवा फुटबल खेलाडीहरुलाई प्लेटफर्म दिने उदेश्यका साथ विभिन्न खेल गतिविधिमा सहभागी जनाउदै आएको क्लबबाट पहिलो प्रतियोगिता गर्न लागेको क्लबका अध्यक्ष अमित बहादुर क्षेत्रीले बताए । रुपन्देहीमा संगित र खेलकुदमा उदाउदो युवा स्वर्गिय प्रसन्न श्रेष्ठको स्मृतिमा परिवारमा प्रथम पुरस्कार सौजन्य भएको उनले बताए ।

खेलस्थलमा दन्त परीक्षण तथा क्यान्सर सचेतना

रुपन्देहीमा आयोजना भएको स्वर्गिय प्रसन्न श्रेष्ठको स्मृति प्रथम खस्यौली फुटसल प्रतियोगिता २०८१ को खेलस्थलमा नै पहिलोपटक दन्त परिक्षण तथा क्यान्सर सचेतना कार्यक्रम गरिएको छ । आधुनिक समाज डेन्टल प्रालिको मोबाईल डेन्टल युनिटबाट तिलोत्तमानगरपालिकास्थित मोनालिसा फुटसल एरिना परिसरमा क्यान्सर सचेतनामुलक कार्यक्रम, आधुनिक मोबाईल डेन्टल युनिटसहितको परिक्षण गरिएको हो ।

मुख स्वास्थ्य अभियन्ता अमृत भुसाल तथा आधुनिक समाज डेन्टलबाट रुपन्देहीमा लामोसमयदेखी मुखदात क्यान्सर सचेतना अभियान संचालन हुदै आएको छ । खेलाडी, खेलप्रेमी र स्थानियहरु कार्यक्रममा सहभागी रहेका थिए । सेवा, व्यवसायसंगै सामाजिक सेवामा उत्तरदायित्वमा प्रालिबाट निरन्तर कार्यक्रमहरु गर्दै आएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ६ : ०६ बजे

निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछ : अध्यक्ष साम्पाङ

खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले अबको निर्वाचनपछि

लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि

काठमाडौँ । लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो संस्करणको

११ औ महाधिवेशनमा एमाले अध्यक्षले के के भने ? (पूर्णपाठ)

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अनिर्वाचित सत्ता

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव : छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम

काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा बिहीबार छोङछिङ

१०८ महाधिवेशन प्रतिनिधिको सूचीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको असहमति

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले एकलौटी माहाधिवेशन प्रतिनिधि मनोनित