३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

आयोजक खस्यौली एफसीलाई फुटसलको उपाधि



बुटवल । स्वर्गिय प्रसन्न श्रेष्ठको स्मृतिमा रुपन्देहीमा सम्पन्न प्रथम खस्यौली फुटसल प्रतियोगिता २०८१ को उपाधि आयोजक खस्यौली एफसीले चुमेको छ । निक्कै कडा प्रतिस्प्रर्धात्मक खेलमा न्यु होराईजन क्लबलाई सडेन डेथमा पराजित गर्दै खस्यौली च्याम्पियन भएको हो ।

उपाधिसंगै खस्यौलीले नगद ५१,१११ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता न्यु होराईजन भने नगद २५,५५५ रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । खस्यौली फुटबल क्लबको आयोजनामा आईतबार मोनालिसा फुटसल एरिनामा भएको फाईनल खेल ३-३ गोलको बराबरी भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकर पनि बराबरी भएको थियो । खस्यौलीका गोलकिपर अनुप रानाले विपक्षीको गोल रोक्दै टिमलाई जित दिलाए ।

प्रतियोगितामा हाई स्कोरर घोषित हुदै खस्यौलीका निराजन खत्रीले नगद ५१ सय, कपबाट पुरस्कृत भए । यसैगरि उत्कृष्ट गोलकिपर खस्यौलीकै अनुप राना, उत्कृष्ट खेलाडी सुदिप केसी घोषित हुदै नगद ३१ सय रुपैया, कपबाट तथा उदायमान खेलाडीबाट न्यु होराईजनका ओसिन थापा समेत पुरस्कृत भए ।

एक समारोहका बिच प्रतियोगिताको पहिलो पुरस्कार सौजन्य गर्नुभएका स्वर्गिय प्रशन्न श्रेष्ठको बुबा निरज श्रेष्ठ, क्लबका संरक्षक गोपाल कुमार प्रधान, लन टेनिस संघ रुपन्देही जिल्लाका अध्यक्ष गोपाल ज्ञवाली, खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, क्लबका अध्यक्ष अमित बहादुर आचार्य क्षेत्री, खेल संयोजक स्वस्तिक श्रेष्ठ, राजु भण्डारीले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।

कार्यक्रममा क्लबका अध्यक्ष अमित बहादुर आचार्य क्षेत्रीले छोटो तयारीका बिच भएको प्रतियोगिता भब्य र सब्य रुपमा सम्पन्न गर्न सहयोगीको ठुलो योगदान रहेको बताए । प्रतियोगिताको आगामी संस्करण समेत निरन्तरता दिने प्रतिवद्धता उनले जनाए । प्रतियोगितामा २० टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गरेका थिए ।

यसैबिच रुपन्देहीबाट फुटबल शुरु गरेर राष्ट्रियस्तरमा चर्चित बनेका तिलोत्तमा निवासी पूर्व गोलकिपर दिलिप क्षेत्री तथा हालैमात्र यू-१७ राष्ट्रिय प्रतियोगितामा छनौट भएर खेले प्रदर्शन गरेका सुजल घलेलाई सम्मानपत्र र दोसल्लाबाट सम्मान गरिएको छ । हाल क्षेत्री गोलकिपर कोचका रुपमा प्रशिक्षक रहेका छन ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  १० : २२ बजे

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

काठमाडौँ । नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका