१७ चैत्र २०८२, मंगलबार | April 1, 2026

कपिलवस्तुको चन्द्रौटाबाट बर्दिया जाँदै गरेको विङ्गर लमहीको च्याउ खोलामा दुर्घटना हुँदा दुई जनाको मृत्यु



दाङ । दाङको लमही नगरपालिका वडा नम्बर ९ मा मिनी बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । लमही-कोहलपुर सडकखण्डको च्याउ खोला भन्ने स्थानमा सोमबार बिहान ६ बजे लु १ ज ४२९८ नम्बरको विङ्गर मिनी बस दुर्घटना भएको हो ।

कपिलवस्तुको चन्द्रौटाबाट बर्दिया जाँदै गरेको उक्त बस अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ निवासी ६० वर्षीया फुलसी थारु र सोही ठाउँ निवासी ४२ वर्षीया तिर्थी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख कविराज रोकायले जानकारी दिए । शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा रहेको शवगृहमा राखिएको छ ।

दुर्घटनामा शिवराज नगरपालिका वडा नम्बर ३ निवासी ४५ वर्षीय मिथिया थारु, सोही ठाउँ निवासी ६५ वर्षीय तेहली थारु, ७७ वर्षीया दर्शनी थारु, ६० वर्षीया महंगी थारु, ४० वर्षीया सरीता थारु, ५५ वर्षीया रामपियारी थारु, ४७ वर्षीय रामचन्द्र थारु, ४५ वर्षीय बुद्धि चौधरी, ४५ वर्षीया फुलबजनी चौधरी, ३८ वर्षीय बुद्धराम थारु र ३६ वर्षीय सुरेश यादव घाइते भएका छन् ।

घाइतेहरुलाई लमही अस्पतालमा उपचारका लागि ल्याइएको छ । गम्भीर अवस्थाका घाइतेलाई आफन्तको जिम्मा लगाउँदै रिफर गर्ने काम पनि भइरहेको छ ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  १० : २६ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज