२९ मंसिर २०८२, सोमबार | December 15, 2025

वैदेशिक रोजगारीमा गएका श्रमिकको योगदान सामाजिक सुरक्षा कोषमा नियमित गर्न माग



काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा गएका श्रमिकको योगदान सुनिश्चित गर्न श्रमिक सङ्घसङ्गठनले माग गरेका छन् ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले योगदानमा आधारित रकम नियमित नहुँदा श्रमिक समस्यामा परेका बेला सामाजिक सुरक्षा कोषको सुविधाबाट वञ्चित भएकाले त्यस्तो माग गरेका हुन् ।

अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको पूर्वसन्ध्यामा आज जिफन्टले पत्रकार सम्मेलनमा आयोजना गरी वैदेशिक रोजगारमा जाने श्रमिकसम्बन्धी तथ्याङ्कसमेत सार्वजनिक गरेको छ । सो अवसरमा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले वैदेशिक रोजगारमा जाने श्रमिक÷योगदानकर्ता माझ सचेतनाका कार्यक्रम सञ्चालन गर्न, प्रविधिको प्रयोग गरी रकम पठाउन, भरपर्दो र सहज बनाउन तथा नियमित योगदानलाई प्रोत्साहन गर्नका लागि प्याकेजको व्यवस्था गर्न सरकारसँग माग गरे । “श्रमिककोे योगदान नियमित नहुनाले कोषको स्किमअनुसार श्रमिक स्वयम् र परिवारजनले पाउने सुविधाबाट वञ्चित हुनुपरेको छ”, उनले भने।

‘सामाजिक सुरक्षा नियमित योगदान, श्रमिकको अधिकार संरक्षण’ भन्ने नारासहित बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारका लागि पुनः श्रम स्वीकृति लिने सात लाख ४१ हजार दुई सय ९७ जना र नयाँ श्रम स्वीकृति लिने चार लाख ६० हजार एक सय दुई जना रहेका छन् ।

सरकारले वैदेशिक रोजगार तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ मङ्सिर २८ गते जारी गरेर सामाजिक सुरक्षा कोषमा सूचीकरण अनिवार्य गरेको छ । कोषमा सूचीकरण अनिवार्य गरेपछि २०८१ साल मङ्सिर २८ गतेसम्म १३ लाख एक हजार ७८ जना श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकरण गरिएका छन् । उनीहरूले रू तीन अर्ब २२ करोड ७४ लाख चार हजार चार सय ५२ योगदान गरेका छन् ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ६ : ४९ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले