२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

चितवनलाई कर्णालीले दियो १७६ रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको इलिमिनेटरको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले फिल्डिङ राजेको चितवनले कर्णालीका ब्याट्म्यानको रनको वर्षालाई रोक्न सकेन । कर्णालीले ६ विकेटको क्षतिमा १७५ रन जोड्यो। जारी एनपिएलमा कर्णालीको यो नै उच्चतम रन हो ।

कर्णालीका ओपनिङ ब्याट्सम्यान जयकिशन अनिलभाइ कोल्सावालले अर्धशतक प्रहार गर्दै ५३ रन जोडे । यो उनको डेब्यू खेल थियो । यस्तै मध्यक्रमका ब्याटर विलियम बोसिस्टोले पनि अर्धशतक प्रहार गर्दै ५२ रन जोडे ।

चितवनका सोहेल तन्विरले उनले ४ ओभरमा २४ रन दिएर २ विकेट लिए। रवी बोपारा, शरद भेषवाकर र कुशल मल्लले समान १/१ विकेट लिए ।

यो खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने पराजित हुने टोली बाहिरिनेछ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ११ : ०० बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात