४ पुस २०८२, शुक्रबार | December 20, 2025

अध्यक्ष नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’ का संयोजक गौतमबीच भेटवार्ता



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’ का संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले भैँसेपाटीस्थित गौतम निवास पुगेर आज बेलुकी भेटवार्ता गरेका हुन् । पार्टीको हालै सम्पन्न स्थायी कमिटी बैठकले ‘पार्टी एकता राष्ट्रिय अभियान’लाई पार्टीमा समाहित गरी संयोजक गौतमलाई पार्टीमा ल्याउने निर्णय गरेको विषयमा छलफल गरिएको छ ।

एकीकृत समाजवादीबाट प्रमेश हमाल र बलराम बाँस्कोटा र गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानका नेता डिबी कार्कीसहितको उक्त भेटमा दुई पार्टीबीच एकता गर्ने प्रस्ताव तयार गर्ने र छिट्टै एकता गर्नेबारेमा सकारात्मक छलफल भएको एकीकृत समाजवादीको सचिवालयले जनाएको छ ।

करिब दुई घण्टा लामो भेटवार्तामा नेताहरुबीच मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, वामपन्थी शक्तिबीच एकता तथा सहकार्यलगायत विषयमा छलफल गरिएको बताइएको छ । गौतमले ‘पार्टी एकता राष्ट्रिय अभियान’ स्थापना गरी वामपन्थी दललाई एकताबद्ध गर्न विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  १० : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको