२४ मंसिर २०८२, बुधबार | December 11, 2025

सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको चुनौती



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल_को फाइनल खेल जारी छ ।

टस जितेको सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई रनको चुनौती पेश गरेको छ । निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै सुदूरपश्चिमले १८५ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

सुदूरपश्चिमका लागि सैफ अली जैबले सर्वाधिक ६९ रन बनाए । ओपनर जैबले ४३ बल खेल्दै ८ चौका र २ छक्का म२तमा ६९ रन बनाएका हुन् । अर्का ओपनर विनोद भण्डारीले ४१ रन जोडे ।

बलिङमा जनकपुरका किशोर महतो र मोहम्मद मोहसिनले समान ३/३ विकेट लिए ।

फाइनल खेल हेर्न पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पुगेका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले जनकपुरलाई पहिले बलिङको निम्तो दिएका थिए ।

एनपिएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५० लाख प्राप्त गर्नेछ । साथै तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो भएको चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  २ : १० बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल