१ चैत्र २०८२, आइतबार | March 15, 2026

स्वास्थ्यकर्मीहरूको मागको सम्बोधन गर्न अधिकारकर्मीहरुको आह्वान



नेपालगन्ज । लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड नेपालगञ्ज मेडिकल कलेजका स्वास्थ्यकर्मीहरूको मागको सम्बोधन गर्न बाँकेमा क्रियाशील मानव अधिकारकर्मीहरूले आग्रह गरेका छन् ।

मानव अधिकारकर्मीहरूले आज एक विज्ञप्ति जारी गर्दै लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड नेपालगञ्ज मेडिकल कलेजको व्यवस्थापन पक्षसँग विगत ६ महिना अघिदेखि विभिन्न मागहरू राखि उक्त संस्थामा क्रियाशिल स्वास्थ्यकर्मी, कर्मचारी युनियन, कर्मचारी सङ्घले गरेको आन्दोलन र त्यस आन्दोलन प्रति व्यवस्थापन पक्षले देखाएको उदासीनताले नागरिकको स्वास्थ्य उपचारमा प्रभाव पारेको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।

संस्थागत सुधारका साथै तलब भत्ता, सेवा सुविधा वृद्धि र वृत्ति विकासका माग सहित गरिएको कर्मचारीहरूको श्रम ऐनले दिएको अधिकार कुण्ठित भइरहेको अधिकारकर्मीहरुले प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

‘श्रमिकहरूको जायज मागहरूको तत्काल सम्बोधन गर्न, समस्याको निकास खोजी कर्मचारीहरूलाई नियमित काममा फर्किने वातावरणको सृजना गर्न तथा बिरामीहरूको स्वास्थ्य जस्तो संवेदनशिल विषयमा खेलवाड नगरी नागरिकको गुणस्तरीय सेवा पाउने अधिकारको संरक्षण गर्न सम्बन्धित पक्ष समक्ष आग्रह गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।

अधिकारकर्मीहरूले श्रमिकहरूले आफ्नो श्रमको उचित मुल्य तथा आफ्ना अधिकारका लागि जायज मागहरू राख्दा व्यवस्थापन पक्षले गम्भीर रूपमा नलिइ बेवास्ता गरिनु स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा दैनानुदिन आउने बिरामीहरूको स्वास्थ्य उपचारमा समेत प्रत्यक्ष असर परिरहेको सन्दर्भमा आन्दोलनको १३ दिन बितिसक्दा समेत सहि समाधान नखोजिने कार्यले व्यवस्थापकीय कमजोरी देखिएको समेत मेडिकल कलेजको व्यवस्थापन पक्षलाई विज्ञप्ति मार्फत स्मरण गराएका छन् ।

विज्ञप्तिमा हस्ताक्षर गर्नेहरुमा इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महत, सार्वजनिक सरोकार कानुन व्यवसायी समुहका संयोजक वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठ, एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतम, मानव अधिकार तथा सामाजिक न्याय मञ्चका केन्द्रीय सदस्य प्रभात ठकुरी लगायत रहेका छन् ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ९ : १९ बजे

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन

मन्त्रिपरिषद् बैठक : अनुदान सहायता स्वीकार गर्ने

काठमाडौँ । सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

काठमाडौं । गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय

दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापासहितका पदाधिकारीको टोलीले आज