१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

भीम रावल एमालेबाट निस्काशित; वृन्दा पाण्डे र उषाकिरण तिम्सेनाको जिम्मेवारी ६ महिनाका लागि खोसियो



काठमाडौं । मिनबहादुर गुरुङबाट पार्टीले ‘दान’मा जग्गा लिएको विषयमा आलोचना गरेका तीन प्रभावशाली नेतालाई नेकपा एमालेले कारवाही गरेको छ ।

एमालेको आज बसेको सचिवालय बैठकले पार्टीका पूर्वउपाध्यक्ष एवं प्रभावशाली नेता भिम रावललाई पार्टीबाट निस्काशन गरेको छ भने स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना निलम्बन गरेको छ ।

तीनै नेताका अभिव्यक्तिहरु पार्टी नीति विपरित भएको एमालेले ठहर गरेको छ । बैठकपछि संचारकर्मीसँग कुरा गर्दै उपमहासचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘पार्टीलाई पार्टीलाई निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएका कारण भीम रावललाई संगठित सदस्यबाट मुक्त गरिएको छ ।’

बैठकले स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिमल्सेनालाई सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्दै पार्टीको निर्देशनमा चल्न निर्देशित गरेको छ ।

बैठकले सरकारको कामकारवाहीका राम्रो रहेको निस्कर्ष निकालेको छ । यद्यपी सरकारका काममा थप गति ल्याउनुपर्ने आवश्यकता बोध गरेको उपमहासचिव ज्ञवालीले बताए ।

बैठकले पुस २१ र २२ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ७ : १४ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज