३ पुस २०८२, बिहिबार | December 18, 2025

भीम रावल एमालेबाट निस्काशित; वृन्दा पाण्डे र उषाकिरण तिम्सेनाको जिम्मेवारी ६ महिनाका लागि खोसियो



काठमाडौं । मिनबहादुर गुरुङबाट पार्टीले ‘दान’मा जग्गा लिएको विषयमा आलोचना गरेका तीन प्रभावशाली नेतालाई नेकपा एमालेले कारवाही गरेको छ ।

एमालेको आज बसेको सचिवालय बैठकले पार्टीका पूर्वउपाध्यक्ष एवं प्रभावशाली नेता भिम रावललाई पार्टीबाट निस्काशन गरेको छ भने स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना निलम्बन गरेको छ ।

तीनै नेताका अभिव्यक्तिहरु पार्टी नीति विपरित भएको एमालेले ठहर गरेको छ । बैठकपछि संचारकर्मीसँग कुरा गर्दै उपमहासचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘पार्टीलाई पार्टीलाई निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएका कारण भीम रावललाई संगठित सदस्यबाट मुक्त गरिएको छ ।’

बैठकले स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिमल्सेनालाई सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्दै पार्टीको निर्देशनमा चल्न निर्देशित गरेको छ ।

बैठकले सरकारको कामकारवाहीका राम्रो रहेको निस्कर्ष निकालेको छ । यद्यपी सरकारका काममा थप गति ल्याउनुपर्ने आवश्यकता बोध गरेको उपमहासचिव ज्ञवालीले बताए ।

बैठकले पुस २१ र २२ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ७ : १४ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका