२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

बुटवलमा भोलिदेखि प्रदेश स्तरीय लुम्बिनी क्लासिक-२०२४ पावर लिफ्टिङ प्रतियोगिता हुने



बुटवल । एक्टिभ प्लस फिटनेसको आयोजनामा भोलि शुक्रबारदेखि बुटवलमा प्रदेश स्तरीय लुम्बिनी क्लासिक-२०२४ पावर लिफ्टिङ प्रतियोगिता आयोजना हुने भएको छ ।

बुटवलस्थित एसिएन पार्टी प्यालेश इट्टाभट्टीमा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एक्टिभ प्लस फिटनेसका अध्यक्ष तथा प्रतियोगिताका संयोजक सरोज सिंह (सन्जिव)ले जानकारी दिए ।

लुम्बिनी प्रदेशका ८ वटा जिल्लाबाट करिब ८० जना प्रतियोगिले प्रतिस्पर्धामा सहभागी हुने अनुमान गरिएको उनले जानकारी दिए । पुरुष खुल्लातर्फ ५ वटा तौल समूह तथा महिलातर्फ २ वटा तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ । यसैगरी ४० वर्षमाथि उमेर समुहका लागि खुल्ला तौलमै प्रतिस्पर्धा हुने भएको छ ।

पुरुष खुल्लातर्फ ५९ केजीभन्दा कम तौल, ६६ केजी, ७४ केजी तथा ८३ केजीभन्दा कम तौलका बीच प्रतिस्पर्धा हुने छ भने ८३ केजीभन्दा माथिको तौल समूह बीच प्रतिस्पर्धा हुने छ । यसैगरी महिलातर्फ ५७ केजीभन्दा कम तथा त्यसभन्दा माथिका गरि २ वटा तौल समुहमा प्रतिस्पर्धा हुने बताए ।

प्रतियोगितामा पुरुष खुल्लातर्फ समग्र क्याटोगोरीबाट सर्वाधिक विजेताले नगद ५१ हजार पुरस्कार राशी प्राप्त गर्ने छन् भने तौल समुहतर्फ प्रत्येक समुहबाट सर्वाधिक विजेताले १० हजार, उपविजेताले ७ हजार तथा तृतीयलाई नगद ५ हजार पुरस्कार प्रदान गरिने प्रतियोगिता आयोजक समितिका सदस्य सुरज थापाले जानकारी दिए । यसैगरी महिलातर्फ समग्र समुहको विजेताले २५ हजार तथा तौल समुहका विजेताहरुले प्रथमलाई १०, दोस्रोलाई ७ तथा तृतीयलाई ५ हजार नगद राशी प्रदान गरिने बताए ।

यसैगरी मास्टर्स लेभलको प्रतिस्पर्धामा पनि प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः  १० हजार, ७ हजार र ५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न ८ लाख बढी खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  ५ : ०६ बजे

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

बुटवल । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र

निर्वाचनमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्दै नेपाल रेडक्रस

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखाले बिहीबार हुने

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बागलुङमा मतदान अधिकृतको जिम्मेवारी खोसियो

बागलुङ । प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा बागलुङमा खटिएका एक मतदान

निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण