८ पुस २०८२, मंगलबार | December 24, 2025

कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता



कालीकोट । कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता भएका छन् । कालीकोटको पचालझरना-८ चाटेबगरबाट वडा नं ४ को जारकोटस्थित कर्णाली नदीमा डोजर तार्ने क्रममा शुक्रबार बेलुका डोजर पल्टिँदा डोजरसहित सहचालक नदीमा बेपत्ता भएका हुन् ।

पचालझरना गाँउपालिका-८ चाटेबगरदेखि पचालझरना-४ जारकोट जाने क्रममा कर्णाली नदीमा डोजर पल्टिएपछि थियो । डोजरसहित एक जना बेपत्ता भएको र डोजर चालक नदीमा तैरिरहेको अवस्थामा प्रहरी र स्थानीयले उद्धार गरेको पचालझरना गाउँपालिका उपाध्यक्ष अल्किना बमले जानकारी दिइन ।

कालीकोट खाँडाचक नगरपालिका-८ का डोजर चालकको सकुशल उद्धार गरिएको र एक जना बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी गोविन्द चौधरीले बताए । उनले भने, “चालकको सकुशल उद्धार गरिएको छ । सहचालक र डोजर अहिलेसम्म फेला पर्न सकेको छैन ।” बेपत्ता सहचालकको नाम र ठेगाना खुल्न नसकेको प्रहरीले खोजीकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ८ : २१ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना