काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ।
काठमाडौंको नयाँबजारस्थित आफ्नै निवासमा गएराति हृदयाघात भएका वस्तीको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । ७१ वर्षीय वस्तीलाई हृदयाघातभएपछि अस्पताल लगिएको थियो । यद्यपी, लानेवित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।
पूर्वन्यायाधीश वस्तीका श्रीमती, ३ छोरी र १ छोरा छन् । छोरा छोरी अमेरिका भएका कारण उनीहरु आएपछि आइतबार मात्र अन्तिम संस्कार गरिने भएको छ ।



















प्रतिक्रिया