८ पुस २०८२, मंगलबार | December 24, 2025

गुल्मीको रिडीबाट पुर्तिघाट जाँदै गरेको टिपर दुर्घटना हुँदा चालकको मृत्यु



रिडी । गुल्मीमा टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रिडीबाट गिट्टी लिएर पुर्तिघाट जाँदै गरेको लु १ क ५४०० नम्बरको टिपर सत्यवती गाउँपालिकाको वडानम्बर-२ पाहादीस्थित कालिगण्डकी करिडोरमा गएराती दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा टिपर चालक पाल्पा जिल्ला रैनादेवी गाउँपालिका वडानम्बर-१ बस्ने २४ वर्षका श्रीराम कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक  (एसपी) राजन भुजेलले बताए ।

टिपर दुर्घटनामा घाइते कुमालको उपचारको लागि अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर सल्यान जिल्ला बनगाउ ७ बस्ने २३ वर्षका मोहन जैसी घाइते भएका छन् । उनको अवस्था समान्य छ ।

दुर्घटनामा परेको टिपर सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ९ : ३१ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना