१ पुस २०८२, मंगलबार | December 16, 2025

लुम्बिनी कप महिला फुटबलको सल्लाहकारमा सम्झना र राठौर मनोनयन



नेपालगन्ज । नेपालगन्जमा हुन लागेको प्रथम लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सल्लाहाकारमा बरिष्ट फुटबलकर्मी गोवद्र्धन सिंह सम्झना र प्रदेश सिंह राठौरलाई मनोनयन गरिएको छ । आयोजक अन्तरालले उनीहरुलाई प्रतियोगिताको सल्लाहाकारको रुपमा मनोनयन गरेको जनाएको छ ।

सिंह अखिल नेपाल फुटबल संघ ( एन्फा) का पूर्व उपाध्यक्ष हुन् भने राठौर एन्फाका पूर्व केन्द्रीय सदस्य र बाँके जिल्ला फुटवल संघका पूर्व अध्यक्ष हुन् ।

बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले लुम्बिनी कप महिला फुटवल आगामी फागुन १९ गतेदेखि २९ गते सम्म नेपालगन्जमा आयोजना गर्ने तयारी गरेको छ । नेपालगन्ज रंगशालामा हुने उक्त फुटवल प्रतियोगितामा नेपाल र छिमेकी मित्र राष्ट्र भारतका ८ टिम सहभागी हुनेछन् ।

प्रतियोगिताले पश्चिम नेपालको फुटबल विकासमा महत्वपुर्ण भुमिका खेल्ने अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए । उनले भने,‘यो प्रतियोगिता हाम्रो लागि विशेष छ । पश्चिम नेपालमा महिलाको स्तरीय प्रतियोगिता हुँदैन । यसले महिला फुटबलमा नयाँ किसिमको उर्जा थप्ने हामीले विश्वास लिएका छौं ।’

अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले फुटबल क्षेत्रमा महत्वपुर्ण व्यक्तिलाई सल्लाहाकारको रुपमा नियुक्त गर्न पाउँदा खुसी लागेको बताए । उनले भने,‘लुम्बिनी कप महिला फुटबल महिला खेलाडीलाई अवसर प्रदान गर्न आयोजना गर्न लागिएको हो । यसले फुटबल खेलाडीको स्तर वृद्धि गर्नुका साथै पश्चिम नेपालको खेल, पर्यटन क्षेत्रको विकासमा सहयोग गर्नेछ ।’

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ९ : ११ बजे

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि