९ पुस २०८२, बुधबार | December 24, 2025

रौतहटमा आगलागीबाट ७ घर नष्ट



रौतहट, १५ पुस । लामखुट्टे भगाउन बालिएको घुरबाट सल्किएर रौतहटको पूर्वीभेग राजदेवी नगरपालिका ५ स्थित पासवान टोलमा आईतबार मध्यराति भिषण आगलागी भएको छ।

आगलागीबाट आधा दर्जन बढी घर जलेर नष्ट हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ।

गएराति सवा २ बजेको समयमा राजदेवी नपा ५ पताही बस्ने जगतनाथ पासवानको खरले बारेको फुसले छाएको घरमा नजिकै बालेको घुरबाट सल्किएर आगलागी भएको थियो।

आगलागीबाट बाबुलाल हजरा, रामनाथ पासवानको घर र, ३ वटा बाख्रा , राम सोगारथ पासवान , दिपेन्द्र पासवान, विजय पासवान, कान्तिदेवी पासवान , प्रदिप पासवान, लगायत ७जनाको घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीबाट सातजनाको घर जलेर ८ लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।

आगलागी भएको खवर पाउना साथ बिओपी बेलबिछवा बाट सशस्त्र प्रहरीका सई मदन कुमार शाहको कमाण्डमा १० जना प्रहरीचौकी बसन्तपुरबाट असई रामलगन दासको कमाण्डमा ५ जनाको टोली,गौर नगरपलिकाको दमकल र स्थानिय वासीहरुको सहयोगमा बिहान साढे ३ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको र अन्य मानवीय क्षति नभएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन्।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ११ : ४८ बजे

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज, महाधिवेशन तयारी र सदस्यता विवादमा छलफल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ

जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२ औँ जन्मजयन्ती

पाटन । विगतका वर्षमा जस्तो ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई

अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं । राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार