२४ असार २०८३, बुधबार | July 8, 2026

भैरहवाको अगरबत्ती तथा पूजा सामाग्री प्याकेजिङ्ग उद्योगमा आगलागी



भैरहवा । भैरहवास्थित भैयाटोलमा रहेको जय अम्बे अगरबत्ती तथा पूजा सामाग्री प्याकेजिङ्ग उद्योगमा आगलागी भएको छ । शनिबार बिहान करिब ५ बजे लागेको आगलागी हुँदा करोडौँको क्षति भएको छ ।

आगलागीका कारण उद्योगभित्र तिहारको लागि तयारी अवस्थामा राखिएको अगरबत्ती, धूप, तेल लगायतका सामग्रीहरू जलेर नष्ट भएका छन् । शनिबार बिहान करिब ५ बजे लागेको आगोको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

आगलागीले गर्दा करोड बढीको नोक्सानी भएको उद्योगका सञ्चालक श्रीराम गुप्ताले बताए । क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको उनले बताए ।

आगलागीको प्रहरी र स्थानीयले झण्डै २ घण्टा लगाएर निभाएको स्थानीय प्रत्यक्षदर्शीले बताए । आगलागीको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  १ : ३२ बजे

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी । पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको

सुनको मूल्य नौ सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

राजेन्द्र राईको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं । प्रतिनिधिसभामा सभामुख डोलप्रसाद (डीपी) अर्याललाई लक्षित गर्दै नेकपा

नेपालगन्जमा एलजीका नयाँ उत्पादनहरुको ‘लञ्च’

नेपालगन्ज । एलजीले नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई लक्षित गर्दै