२९ मंसिर २०८२, सोमबार | December 15, 2025

सुर्खेतमा ‘मानव स्मारक’ बनाउन नौ करोड ७६ लाख सङ्कलन



कर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘मानव स्मारक’ बनाउन रू नौ करोड ७६ लाख ९२ हजार आठ सय ४३ सङ्कलन भएको छ । यही मङ्सिर २१–२८ गतेसम्म वीरेन्द्रनगरमा सञ्चालन भएको श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञबाट उक्त रकम सङ्कलन भएको हो ।

महायज्ञ सञ्चालन मूल आयोजक समितिले आज पत्रकार सम्मेलनमार्फत सप्ताहबाट सङ्कलित रकम सार्वजनिक गर्दै सो रकमबाट मानव सेवा आश्रमको कर्णाली प्रदेशस्तरीय भवन अर्थात् ‘मानव स्मारक’ निर्माण गर्ने जनाएको छ । मूल आयोजक समितिका संयोजक डा नवराज केसीले रू पाँच करोडको लक्ष्य राखिएकोमा करिब दोब्बरले दान संकलन भएको बताए । “महायज्ञमा रू एकदेखि एक करोडसम्म रकम दान गर्नुभएको छ,” संयोजक केसीले भने, “यसमा हामीले समुदायलाई जोडेका छौँ ।”

महायज्ञबाट रू एक करोड ९७ लाख ६६ हजार ६५ नगद, एक करोड ३३ लाख २७ हजार छ सय एक क्युआर तथा ‘अनलाइन’ माध्यमबाट प्राप्त भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष टीकाराम चपाइले जानकारी दिए । रू ३७ लाख ८८ हजार नौ सय २१ रकम बराबरको चेक प्राप्त भएको र रू पाँच करोड चार लाख १६ हजार ३२ स्थानीय तह र विभिन्न सङ्घसंस्थाहरूले दिने प्रतिबद्धता गरेको उनले बताए । उनका अनुसार त्यसमा रू ५७ लाख ७९ हजार पाँच सय ८२ व्यक्तिगत प्रतिबद्धता भएको छ ।

महायज्ञ मूल आयोजक समितिका अनुसार कलश यात्रामा प्रयोग भएको कलश बिक्रीबाट रू ४२ लाख ७४ हजार आठ सय ८२ र दान पेटिकामा रू तीन लाख २६ हजार चार सय ५५ तथा किताब बिक्रीबाट १३ हजार तीन सय पाँच सङ्कलन भएको छ । रू ५० लाख ७४ हजार ८७ महायज्ञ सञ्चालनका क्रममा प्रचारप्रसार, यातायात, खाद्यान्न तथा भान्सा, विद्युत्, इन्धन, अतिथि सत्कार खर्च भएको छ ।

सङ्कलित रकमबाट वीरेन्द्रनगर नगरपालिका–११ स्थित गङ्गामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले प्रदान गरेका २९ बिघा जग्गामा मानव सेवा आश्रमको प्रदेशस्तरीय ‘मानव स्मारक’ भवन निर्माणको कार्य थालनी गरिने संयोजक केसीले बताए । भवन निर्माणका लागि रू नौदेखि ११ करोड लागत लाग्ने अनुमान गरिएको उनको भनाइ छ ।

डा केसीका अनुसार सरकारको पुँजीले मात्र भवन निर्माण सम्भव नहुने भएकाले महायज्ञमार्फत समाज तथा समुदायबाट पुँजी सङ्कलन गरिएको हो । अबको दुई÷तीन महिनामै भवन निर्माण कार्य अगाडि बढाउने तयारी भइरहेको छ । भवनमा सडक आश्रित मानवको उद्धारका लागि मात्र नभई मानव धर्म के हो ? भन्नेबारे बुझाउने मानवता अध्ययन केन्द्रको समेत स्थापना गरिनेछ ।

मानव सेवा आश्रमले ‘मानव स्मारक भवन निर्माणका लागि एउटा छुट्टै विकास समिति गठन गर्ने र सो समितिले नै भवन निर्माण कार्य सम्पन्न गर्ने बताइएको छ । कर्णाली प्रदेश सरकारले पनि भवन निर्माणका लागि चालु आर्थिक वर्षमा रू एक करोड बजेट दिने घोषणा गरेको छ । उक्त महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथा वाचक रहेर निःशुल्क कथा वाचन गरेका थिए ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ३ : २७ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ