६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

आश्रम निर्माण गर्न एकै दिन ५५ लाख सङ्कलन



बागलुङ । मानव सेवा आश्रम बागलुङ शाखाको भवन मिर्नाणका लागि आयोजना गरिएको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञमा सहयोग रकम सङ्कलन सुरु भएको छ । शुक्रबार महायज्ञको उद्घाटन गरिएको थियो ।

कथावाचानको पहिलो दिन शनिबारदेखि उल्लासपूर्ण सहभागितामा सहयोग सङ्कलन सुरु भएको आश्रमले जनाएको छ । शनिबारमात्र आश्रम निर्माणका लागि रु ५५ लाखभन्दा बढी रकम सङ्कलन भएको छ । कथावाचनको पहिलो दिन नै तीनवटा कोठा निर्माण सहयोग जुटेको छ भने अन्य दाताले रु पाँच हजारदेखि रु एक लाख ५० हजारसम्म सहयोग गरिरहेका छन् ।

शनिबार बागलुङ नगरपालिका-४ का रामनारायण पौडेल र पार्वती पौडेलले मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि एक कोठा बराबरको रकम सहयोग गरेका छन । बागलुङ शाखाको भवन निर्माण गरी सहयोपेक्षी सडकआश्रित मानवको व्यवस्थापनका लागि आयोजना गरिएको महायज्ञमा पौडेल परिवारले भवनको एक कोठा निर्माणमा लाग्ने रकम उपलब्ध गराएका हुन । उनीहरूले रु पाँच लाख ११ हजार योगदान गरेको आश्रमले जनाएको छ ।

यस्तै बागलुङ नगरपालिका-४ नम्बर वडा कार्यालयले आश्रमको एक कोठा निर्माण गर्ने जिम्मेवारी लिएको छ । वडा कार्यालयले भवनको एक कोठा निर्माणका लागि रु पाँच लाख ११ हजार १११ सहयोग प्रदान गरेको छ । महायज्ञस्थलमा आयोजित कार्यक्रममा सहभागी हुँदै वडाध्यक्ष कुमारविक्रम क्षेत्रीले उक्त सहयोग गरेका थिए ।

वडा कार्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगलाई निरन्तरता दिँदै आएकामा मानवसेवा आश्रमको भवन निर्माणमा समेत हातेमालो गरेको हो । वडा कार्यालयले गरेको यस अर्थपूर्ण सहयोगले भवन निर्माण अभियानलाई थप गति प्रदान गरेको आश्रमले जनाएको छ । आश्रमले सडकआश्रित, असहाय र अपाङ्गता भएका व्यक्तिको पुनःस्थापनामा निरन्तर काम गर्दै आएको छ । आफ्नै भवन निर्माणपछि सेवा विस्तारमा सहजता हुने विश्वास व्यक्त गरेको छ ।

यस्तै काठेखोला गाउँपालिका-५ फूलपातीडाँडा विहुँकोट बागलुङका भीमकुमारी निउरे र लीलाराम निउरेद्वारा मानवसेवा आश्रम शाखाको भवन निर्माणका लागि रु पाँच लाख ११ हजार सहयोग गरेका छन । महायज्ञ यही कात्तिक २८ गतेसम्म चल्ने छ । महायज्ञमा कमलनयन गौतमले कथा वाचन गरेका छन ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ७ : ५४ बजे

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

राँझा । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ का अमजत अली शेख विगत

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न

चीन सिजाङ भूकम्प अपडेट : १६ जनाको मृत्यु, घाइते ४६ पुगे

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा