२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्रहरी अस्पतालको भवन निर्माण सम्पन्न भएको ६ महिना पुग्दा पनि ठेकेदारले पाएनन् भुक्तानी

प्रहरी अस्पताल निरिक्षण गर्न आएका मन्त्री अग्रवालसँग निर्माण व्यवसायीको गुनासो



नेपालगन्ज । लुम्विनी प्रदेश प्रहरी अस्पतालमा निमार्ण भएको ‘अप्रेशन थिएटर’ नयाँ भवनको निरिक्षण तथा अनुगमन गरिएको छ । लुम्विनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवालले अस्पताल भवनको निरीक्षण गर्दै जानकारी लिएका छन् ।

साढे तीन तले सुविधासम्पन्न अत्याधुनिक भवन तोकिएको समयावधिमा निमार्ण सम्पन्न भएपनि बाँकी बक्यौता रकम निकाशा नभएपछि अझै भवन हस्तान्तरण भएको छैन । २०८१ असार १३ गते तोकिएको समयावधिभित्र भवन निमार्ण कार्य सम्पन्न भएपछि अन्तिम भुक्तानीका लागि २०८१ असार २३ गते फाइल पेश गर्दा बजेट अभावको कारण देखाई भुक्तानी रोकिएको थियो ।

चालु आर्थिक वर्षको अहिले ५ महिनाभन्दा बढी समय वितिसक्दा पनि भुक्तानी नभएपछि समस्यामा परेको निमार्ण कम्पनी सनलाईट÷एनपी कन्स्ट्रक्सन जेवी नेपालगन्जका संचालक मोहनप्रकाश आचार्यले बताए । उनका अनुसार भवन निमार्ण सम्झौताको अवधीभित्रै ऋण साप्टी लिएर भएपनि निमार्ण कार्य सम्पन्न गरेर समयमा भुक्तानी नहुँदा ठुलो संकट भएको छ ।

भवन निरिक्षणका क्रममा मन्त्रीसमक्ष निमार्ण कम्पनीका संचालक आचार्यले आफनो समस्या राख्दै बाँकी बक्यौता रकम निकाशाका लागि आग्रह गरेका छन् । त्यस क्रममा मन्त्री अग्रवालले मन्त्रालयमा बजेटको अभाव भएकाले चालु आर्थिक वर्षको योजनाको बजेटलाई रकमान्तरण गरि भुक्तानी गर्ने सकिने विकल्प भएकाले त्यसका लागि आवश्यक पहल गर्ने बताए । मन्त्री अग्रवालले अत्याधुनिक भवनले अस्पतालको थप सेवास्तर बृद्धि भएको र प्रहरीलाई मात्र नभई बाहिरका विरामीलाई पनि सेवा प्रदान गर्नमा सहज हुने विश्वास व्यक्त गरे ।

निरिक्षणका क्रममा अस्पतालका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक डा. दिपा न्हुच्छे प्रधान र प्रहरी नायब उपरिक्षक डा. श्यामकृष्ण लौडारीले मन्त्री अग्रवाललाई अस्पतालको सेवा सुविधलगायतका बारेमा जानकारी गराएका थिए ।

भवनको निरिक्षणमा लुम्विनी प्रदेशका पुर्व मन्त्री तथा प्रदेश सभासदस्य रत्न खत्रीले अत्याधुनिक भवनले पश्चिम क्षेत्रका प्रहरीलाई औषधी उपचारमा सहयोग पुगेको भन्दै अस्पतालभित्रको विशेषज्ञतालाई बाहिरका आम नागरिकलाई पनि उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

भुकम्प प्रतिरोधात्मक साना ठुला गरि ६७ कोठा लिफ्टसहितको अत्याधुनिक साढे तीन तले भवन रु ८ करोड २१ लख ६३ हजार ८३८ (मुल्य अभिबृद्धिकरसहित)को लागतमा निमार्ण गरिएको निमार्ण व्यवसायी आचार्यले बताए ।

उनका अनुसार भवन निमार्णको कार्य सम्पन्न गरेको र अहिले रु १ करोड ६२ लाख ७५ हजार ८७६ बाकी रकम बक्यौता लिनुपर्नेछ । २०७९ मसिंरदेखि भवन निमार्ण शुरु भएर २०८१ असार १३ गते तोकिएको समयावधिभित्र भवन निमार्ण गरिएको हो ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ४ : ०२ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले