२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

बुटवलमा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु



बुटवल । बुटवलमा आजलेखि छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

मंगलबार प्रतियोगिताकाे बुटवलको दिपनगरस्थित सिद्वेश्वरी खेल मैदानमा एक विशेष कार्यक्रमकाबीच बुटवल उप-महानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उदघाटन गरे ।

साे अवसरमा नगर प्रमुख पाण्डेयले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई उपमहानगरपालिकाले गाैरवकाे कार्यक्रमकाे रूपमा लिएको भन्दै साेही अनुसार बजेट विनियाेजन गरिएकाे बताए ।

बुटवलमा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले राष्ट्रिय स्तरको प्रतियोगिताकाे झल्को दिने विश्वास व्यक्त गरे ।

बुटवलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उदेश्यले बुटवल उपमहानगरपालिकाले खेलकुदकाे क्षेत्रमा पर्याप्त बजेट छुट्टयाइएको बताउदै नगर प्रमुख पाण्डेयले साेही अनुसार खेल मैदान निर्माण र विभिन्न विधामा प्रतियोगिताहरू सञ्चालन गरिरहेको उल्लेख गरे ।

शिक्षा, स्वास्थ्यसँगै बुटवललाई खेल पर्यटनसँग पनि जाेड्न सकिने उनको भनाइ थियो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्यालले बुटवल उपमहानगरपालिकाले खेलकुदकाे विकासलाई विशेष महत्त्व दिएर बजेट छुट्टयाइएको भन्दै खेलकुदले विद्यार्थीकाे स्वास्थ्यसँगै पठनपाठनमा पनि सहयोग पुग्ने विश्वास ब्यक्त गरिन् ।

नगर खेलकुद विकास समितिका अध्यक्ष बाेनिन पियाकाे सभापतित्वमा सम्पन्न प्रतियोगिता उदघाटन कार्यक्रममा नगर खेलकुद विकास समितिका सदस्य सचिव प्रेमबहादुर बस्नेत, नगर खेलकुद विकास समितिका सदस्य लालहरी पाण्डेलगायतले आ-आफ्नो भनाइ राखेका थिए ।

प्रतियोगितामा नगर भित्रका ५३ विद्यालयका एक हजार चार सय ७० विद्यार्थीले प्रतिस्पर्धा गर्ने खेल कमिसनर हरी प्रसाद श्रेष्ठले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा कालिका मानवज्ञान मावि, नविन औद्याेगिक कदरबहादुर रीता मावि, उजिरसिंह मावि लगायतका विद्यालयहरूले पिटि तथा सांगीतिक प्रस्तुति गरेका थिए ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ५ : ५६ बजे

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

बुटवल । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र

निर्वाचनमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्दै नेपाल रेडक्रस

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखाले बिहीबार हुने

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बागलुङमा मतदान अधिकृतको जिम्मेवारी खोसियो

बागलुङ । प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा बागलुङमा खटिएका एक मतदान

निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण