९ पुस २०८२, बुधबार | December 24, 2025

स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन



काठमाडौं । स्वास्थ्य बिमा क्षेत्र सुधार गर्न गठित सुधार समितिले प्रतिवेदन बुझाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई समितिले आज प्रतिवेदन हस्तान्तरण गरेको हो ।

मन्त्रालयमा आयोजित प्रतिवेदन हस्तान्तरण कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले प्रतिवेदनले सुझाव दिएका बुँदाहरु कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका छन ।

‘बिमा क्षेत्रमा सुधार गर्ने हुटहुटी छ। यो प्रतिवेदनले स्वास्थ्य बिमा सुधार गर्नुपर्ने योजना र विषयवस्तु समेटेको छ । प्रतिवेदन अध्ययन गरेर यसलाई लागू गर्नेछौँ,’ प्रतिबेदन बुझ्दै उनले भने ।

गत असोज ९ गते वरिष्ठ जन स्वास्थ्य विज्ञ डा.शम्भुप्रसाद आचार्यको संयोजकत्वमा मन्त्री पौडेलले स्वास्थ्य बिमा सुधार गर्न नौ सदस्यीय समिति गठन गरेका थिए ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ३ : ३९ बजे

उज्यालो नेपाल पार्टीले पुसभित्र कुलमान घिसिङको उपस्थितिमा रुपन्देहीमा विशेष कार्यक्रम गर्ने

बुटवल । उज्यालो नेपाल पार्टी रुपन्देहीले पुस महिनाभित्र ऊर्जा क्षेत्रका

छ वटा राजनीतिक दल खारेज

काठमाडौं । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक

अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको मृत्यु

बुटवल । अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको

पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा जाने नेपाली टोलीलाई तिलोत्तमा नगरद्वारा राष्ट्रिय झण्डा प्रदान

रुपन्देही । भारतको पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं । प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका