९ पुस २०८२, बुधबार | December 24, 2025

पत्रकार श्यामसुन्दर पुडासैनीको निधन



काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । शुक्रबार साँझा नियमित काम सकेर कोठा पुगेपछि गम्भीर बिरामी भएका पुडासैनीलाई हेल्पिङ हन्ड्स अस्पतालले मृत घोषित गरेको हो ।

पुडासैनीका नजिकका साथी नवराज कुँवरका अनुसार केही दिनयता उनी बिरामी थिए । अस्पतालमा नियमित चेकजाँच गर्दै कार्यालय जाने आउने गरेका पुडासैनी शुक्रबार राति भने कोठा पुग्नासाथ ढलेका थिए । छिमेकीले खबर गरेर अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषित गरेको कुँवरको भनाइ छ । शुक्रबार साँझ पुडासैनी एक सहकर्मीकोमा खाना खाएर राति १० बजेतिर कोठामा पुग्नसाथ ढलेको कुँवरले बताए ।

कुँवरले भने, ‘केही दिनयता उहाँ बिरामी हुनुहुन्थ्यो । तर हस्पिटलमा चेक अप, फलोअपसँगै अफिस पनि आउनेजाने गर्नुहुन्थ्यो । आज पनि नियमित ड्युटी सकेर ८ बजे अफिसबाट निस्केर एक सहकर्मीकोमा खाना खाएर १० बजेतिर कोठा पुग्नासाथ ढल्नुभएछ । छिमेकीले खबर गरेपछि लगत्तै हेल्पिङ ह्यान्ड्स हस्पिटल ल्याउँदा सास थिएन ।’

पुडासैनी पछिल्लो समय नेपाल भ्युजमा उपसम्पादकको रुपमा कार्यरत थिए । उनले यसअघि माउन्टेन टेलिभिजन, आज तक, हिमालयन टाइम्स डेली, प्राइभ टेलिभिजन, रेडियो अन्नपूर्णमा काम गरेका थिए । पुडासैनीले केही जोखिमपूर्ण रिपोर्टङसमेत गरेका थिए ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ७ : ५५ बजे

उज्यालो नेपाल पार्टीले पुसभित्र कुलमान घिसिङको उपस्थितिमा रुपन्देहीमा विशेष कार्यक्रम गर्ने

बुटवल । उज्यालो नेपाल पार्टी रुपन्देहीले पुस महिनाभित्र ऊर्जा क्षेत्रका

छ वटा राजनीतिक दल खारेज

काठमाडौं । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक

अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको मृत्यु

बुटवल । अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको

पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा जाने नेपाली टोलीलाई तिलोत्तमा नगरद्वारा राष्ट्रिय झण्डा प्रदान

रुपन्देही । भारतको पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं । प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका