२२ मंसिर २०८२, सोमबार | December 8, 2025

तिलोत्तमा उद्योग वाणिज्य संघ र भलाई कोषबिच सम्झौता



बुटवल । दुर्घटना न्युनीकरणका लागि संघसंस्थासँग सहकार्यको अभियान चलाइरहेको यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले तिलोत्तमा उद्योग वाणिज्यसँग सम्झौता गरेको छ ।

तिलोत्तमा उद्योग वाणिज्य संघ, रुपन्देही र भलाई कोष बुटवलबीच द्विपक्षीय सम्झौता भएको हो ।

संघमा आबद्ध व्यवसायीका निजी तथा सार्वजनिक सवारीसाधनहरु भलाई कोषमा आबद्ध गराउने गरी दुर्घटना न्युनीकरण अभियानमा सहकार्य गर्ने दुवै पक्षबिच सम्झौता भएको हो ।

सम्झौतामा दुवै संस्थाका अध्यक्षले हस्ताक्षर गरेका छन् । तिलोत्तमा उद्योग वाणिज्य संघले आफ्ना व्यवसायीका सवारीसाधन कोषमा दर्ता भएर सञ्चालन गर्ने सम्झौता गरेको यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलका अध्यक्ष दिनेश फुल्लेलले जानकारी दिए ।

सम्झौतामा निजी तथा भाडामा चल्ने सवारी साधनका अतिरिक्त तिलोत्तमा उद्योग वाणिज्य संघमा आबद्ध व्यवसायीका मोटरसाईकल तथा स्कुटरहरु समेत कोषमा नियमानुसार शुल्क बुझाई आबद्ध गर्ने उल्लेख छ ।

त्यसैगरी कोषमा मासिक शुल्क बुझाउने व्यवसायीलाई २ सय रुपियाँ छुट प्रदान गर्ने गरी सम्झौता भएको तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले जानकारी दिए । त्यस्तै सवारीसाधन बाटोमा दुर्घटना भइ जीवित क्षति तथा तेस्रो पक्षको निर्जीव क्षतिको सम्पूर्ण लगानी कोषले गर्नेछ ।

आफ्नो गाडीको व्यापक बिमा भएको अवस्थामा दुर्घटनाको कारण क्षति भएमा लागेको खर्चमा कोषले ५० प्रतिशत व्यहोर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै दुर्घटना भई चालकलाई हिरासतमुक्त गर्दा लाग्ने खर्च पनि भलाई कोषले व्यहोर्ने छ ।

त्यस्तै मोटरसाईकल र स्कूटर दुर्घटना हुँदा दुई जनासम्मको उपचार खर्च रकम १५ लाख रुपैयाँ कोषले लगानी गर्ने सम्झौता पनि भएको छ । दुवै पक्षबिच सम्झौता आदान प्रदान कार्यक्रममा कोषका तर्फबाट अध्यक्ष फुल्लेलका सथै उपाध्यक्ष छविलाल थापा, सचिव विजेश न्यौपाने, कोषाध्यक्ष प्रकाशकुमार नेपाल, कार्यालय प्रमुख ठानेश्वर बस्याल, वरिष्ठ लेखा अधिकृत क्रृषिराम अर्याल र मणिग्राम शाखा प्रमुख पुरुषोत्तम भण्डारी सहभागी थिए भने संघका तर्फबाट अध्यक्ष कार्की, निवर्तमान अध्यक्ष गुणनिधी भण्डारी, वरिष्ठ उपाध्यक्ष सुरज पंगेनी, महासचिव राजकुमार पाण्डे, कोषाध्यक्ष टिकाराम भण्डारी, सदस्यहरु नरेशबहादुर क्षेत्री र गंगाराम पाण्डे सहभागी थिए ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ११ : २१ बजे

तन्त्रमन्त्र गरि दुःख दिएको भन्दै चालकको हत्या, आरोपित ७ जना पक्राउ

धरान । सिटी सफारीका चालक हत्या प्रकरणमा प्रहरीले सात जनालाई

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाया, चार हजार बढी चौपाया सडकमै

लुम्बिनी । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२

गोवा नाइट क्लब आगलागीमा मृत्यु हुने २५ जनामा चार नेपाली

काठमाडौं । भारतको गोवामा शनिबार मध्यरात नाइट क्लबमा लागेको भीषण

बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण

बागलुङ । बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ

काठमाडौंको सिनामंगलमा असई बाबुले गरे चार महिने छोराको हत्या

काठमाडौं । काठमाडौंको सिनामंगलमा पारिवारिक विवादकाबीच एक असईले आफ्नै चार