९ चैत्र २०८२, सोमबार | March 23, 2026

वन्यजन्तुको आक्रमणबाट ८३ को मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना



काठमाडौँ । नेपालमा चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म वन्यजन्तुको आक्रमणबाट ८३ जनाले ज्यान गुमाएका छन् । यस्तै, जनावरको आक्रमणबाट पाँच सय ९९ जना घाइते भएका प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले तीमध्ये सबैभन्दा बढी सर्पले डसेर मृत्यु तथा घाइते भएका बताए । उनका अनुसार सर्पले डसेर मात्रै ७० जनाको मृत्यु भएको छ भने पाँच सय ३२ जना घाइते भएका छन् ।

यस्तै, गैंडाको आक्रमणबाट चारको मृत्यु र १४ जना घाइते तथा बाघको आक्रमणबाट तीनको मृत्यु र २४ जना घाइते भएका छन् । हात्तीको आक्रमणबाट छको मृत्यु र १४ जना घाइते तथा भालुको आक्रमणबाट १५ जना घाइते भएका पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मुख्यगरी निकुञ्ज आसपास क्षेत्रका बस्तीमा वन्यजन्तुको आक्रमण हुने गरेको छ । जङ्गलमा घाँस दाउरा लिन र जङ्गली तरकारी खोज्न जाँदा वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु भएको जनाइएको छ । पछिल्लो समयमा भने बस्तीमै प्रवेश गरी वन्यजन्तुले हानी पु¥याउने गरेका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता वेदकुमार ढकालले आहाराको खोजी र विभिन्न कारणले बस्तीमा प्रवेश गर्ने वन्यजन्तु नियन्त्रणका लागि निकुञ्जले काम गरिरहेको बताए ।

पछिल्लो २४ घण्टामा पनि जनावरको आक्रमणका घटना भएका छन् । जङ्गली हात्ती बस्तीमा प्रवेश गरी मोरङको सुन्दरहरैचा नगरपालिकामा दुई जनाको घर भत्काएर खाद्यान्न खाइदिएको र दमकमा पनि हात्तीले एक घर भत्काएको प्रहरीले जनाएको छ । यस्तै बर्दिया, रौतहट र पाल्पामा पनि जङ्गली जनावरले घर तथा बाली नष्ट गरेको छ । भालुले आक्रमण गर्दा पाल्पामा एक जना घाइते भएका प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ८ : ५९ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा