२ पुस २०८२, बुधबार | December 17, 2025

कम्युनिष्ट आन्दोलन कमजोर हुँदा राजनीतिमा समस्या : अध्यक्ष नेपाल



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कम्युनिष्ट आन्दोलन कमजोर भएकाले राष्ट्रिय राजनीतिमा समस्या देखापरेको बताएका छन् ।

केन्द्रीय कार्यालयमा आज आयोजित पार्टी निकट निर्वाचन आयोगका नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रममा अध्यक्ष नेपालले कम्युनिष्टहरूमा बढ्दै गएको व्यक्तिवादी चरित्र तथा स्वेच्छाचारी प्रवृत्तिले समस्या आएको बताए ।

वर्तमान अवस्थामा देखापरेका समस्या समाधान गर्न सकिने उल्लेख गर्दै उनले सङ्कटको सामना गर्ने वैचारिक सामथ्र्य एकीकृत समाजवादीसँग रहेको बताए । उनले भने, “समस्यालाई राम्ररी हल गर्ने गरी सकारात्मक कुरा लिएर गाउँमा जानुपर्छ । आफू बलियो भएपछि मात्रै अरुले पत्याउँछन् ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले गाउँ बलियो बनाउन नेताहरूले जनताको बीचमा गएर उनीहरूको दुःख सुखमा साथ दिनुपर्ने बताए ।

पार्टी महासचिव घनश्याम भुसालले वाम आन्दोलन सङ्कटमा परेकोमा चिन्ता प्रकट गरे । हालै सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय राजनीतिमा अघि सारेको योजनाअनुरुप आन्दोलनद्वारा पार्टी निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

आयोग अध्यक्ष माधव पौडेलले आयोगका नेताहरूलाई स्थानीय भूगोलको जिम्मेवारी दिनुपर्ने बताउँदै यसपालीको कार्य विभाजनले राम्रो काम गर्न सक्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ९ : २८ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन