१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

आर्या फर्मासिटिकल्सको बदमासी, स्थानीयतहबाट नि-शुल्क वितरण गर्ने औषधीमा खाली पत्तामात्र



खजुरा । तपाईँ बाँच्नका लागि नखाई नहुने औषधी छ, र औषधी पसल वा कुनै निकायबाट घरमा लगेको औषधी नक्कली वा खाली भेटिए के होला ? अनिवार्य खानु पर्ने औषधीको खाली पत्ता भेटिनु र औषधी लिन जानुपर्ने स्थान टाढा भए बिकल्प के होला ? औषधी जस्तो सम्बदेनशील वस्तु उत्पादन गर्ने कम्पनीले औषधी नै नभरेको औषधीको खाली पत्ता बजारमा डेलिभरी गरेको पाईएको छ ।

खजुरा गाउँपालिकाको स्वास्थ्य शाखाले निशुल्क वितरण गर्न सप्लायर्सबाट खरिद गरेको ठुलो परिमाणको औषधी खाली पत्तामात्र पालिकामा पुगेको छ । आर्या फर्मासिटिकल्स प्रा.लिले एलर्जीका बिरामीका लागि उत्पादन गरेको क्लोरोमिन-४ नामको औषधीको सप्लायर्सले औषधी नभरेको खाली पत्ता मात्र पालिकामा पठाएको पाइएको छ ।

पालिकाको स्वास्थ्य चौकीबाट निशुल्क वितरण गरिएको औषधीको खाली पत्ता खबरकुराको बाँके स्थित कार्यालयमा आईपुगेको छ । पालिकाका अनुसार खजुरा गाउँपालिकामा सृजना मेडिसिन सप्लायर्सले औषधी सप्लाई गर्ने ठेक्का पाएको छ । औषधी सप्लाई गर्ने कम्पनीले चेक जाँच नगरि पालिकामा पठाएको औषधी सेवाग्राहीको हातमा पुगेपछिमात्र औषधी नभरेको खाली पत्ता फेला पर्नुले खरिद सम्झौता देखि नै मिलेमतोको आशंका गरिएको छ ।

खजुरा गाउँपालिकाकी स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी वलीले औषधी वितरण गर्दा थाहा पाएसम्म पालिकाले खाली पत्ता वितरण नगर्ने बताइन् । उनले औषधी कम्पनीले उत्पादन गर्दा नै इयर टाइट गरेर पठाएको हकमा साना पत्ताहरुमा औषधी भए नभएको थाहा नहुने बताइन् । पालिकाबाट वितरण हुने ७८ प्रकारका औषधीहरुमा गम्भीर बिरामीको औषधी नपर्ने पनि उनले बताइन् । सरकारको मूल्यमा मात्र ध्यान दिने पोलिसीका कारण उत्पादकहरुले लापरवाही गर्ने गरेको बताउँदै उनले मूल्य सहित गुणस्तरमा पनि ध्यान दिन आवश्यक रहेको बताइन् ।

इ टेन्डरमा सृजना मेडिसिनलाई औषधी सप्लाई गर्ने ठेक्का परेपनि अन्य स्थानबाट पनि औषधी खरिद हुने गरेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासु रानाले बताए । सेवाग्राही बिरामीलाई औषधी दिँदा चेक नगरि कसरी वितरण भएको भन्ने विषयमा उनले बुझेर मात्र भन्न सकिने बताए ।

आर्या फर्मासिटिकल्स नेपालमा एक नाम चलेको औषधी उत्पादकका रुपमा चिनिएपनि सो उद्योगको असम्बेदनशील कार्यबाट आर्या फर्मासिटिकल्सको उत्पादन र वितरण प्रणालीमा आशंका उत्पन्न भएको छ । ‘एलर्जीको भएकाले एक पटक नखाँदा केही भएन, कडा रोगको परेको भए मरिन्थ्यो की ?’ सेवाग्राहीले नाम नलेखिदिने शर्तमा भने, ‘लापरवाही गर्ने कम्पनीलाई कारवाही होस् ।’

पालिकाका प्रशासकिय अधिकृत रानाले औषधीको पत्ता लिएर पालिका आउन भन्दै सप्लायर्सबाट अर्को औषधी लिन सकिने बताए । औषधी सप्लाई र उत्पादनमा लापरवाही गर्ने कम्पनीमाथि कारवाहीका विषयमा भने उनले केही बताएनन् ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ११ : ४० बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा