१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

लाभांश पारित गर्दै सोलार फार्म लिमिटेडले सम्पन्न गर्यो छैठौं वार्षिक साधारण सभा, ९० मेगावाटको सोलार परियोजना सम्पन्न गर्ने



काठमाडौ । सोलार फार्म लिमिटेडले छैठौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीको आयोजनास्थल तनहुँको बलचौतारामा कम्पनीका अध्यक्ष मोहन गुरुङको अध्यक्षतामा छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ को आर्थिक प्रतिवेदनमा सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पाण्डेले प्रकाश पार्दै यो वर्ष लाभांस बाँडिएकोमा आगामी वर्ष यसलाई बढाएर लैजाने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।

कार्यक्रममा  सम्बोधन गर्दै अध्यक्षले मोहन गुरुङले आगामी वर्ष अरू परियोजनामा लगानी गरी सबै लगानी कर्ताहरुले सोचेअनुसार प्रतिफल पाउने बताउँदै थप नेपाल विद्युत प्राधिकरणबाट ९० मेगावाट परियोजना सम्पन्न गर्न ठेक्का परेकोले अब कम्पनी ठूलो भएको र सोलार फार्म लिमिटेड र डोल्मा इम्प्याक फण्डको सहकार्यमा ९० मेगावाट परियोजना आगामी २ वर्ष भित्र नै सम्पन्न गर्ने लक्ष्य लिएर अगाडि बढेको जानाकारी दिए।

कार्यक्रममा प्रमुख लगानी कर्ता डोल्मा इम्पक्ट फण्डका प्रतिनिधि तथा कुमारी बैङ्कका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो।

यस्तैे नेपाल विद्युत प्राधिकरणले सोलार इनर्जी ९सौर्य ऊर्जा० परियोजनाका लागि निकालेको ठेक्का मध्ये ९० मेगावाट सोलार फार्म लिमिटेडले पाएको छ । कुल ९६० मेगावाटमध्ये ९० मेगावाटको ठेक्का सोलार फार्मले पाएको हो । ६३ कम्पनी मध्ये सवैभन्दा ठुलो मेगावाटको ठेक्का पाउने पनि सोलार फार्म रहेको छ ।

कम्पनीले रुपन्देही र कपिलुवस्तुमा सोलार परियोजनाको बिड पाएको हो । कम्पनीले कपिलुबस्तुको मोतिपुरमा ५० मेगावाट र रुपन्हेदीको मनैहामा ४० मेगावाटको ठेक्का पाएको हो ।

नेपाल विद्युत प्राधिकरणले सौर्य ऊर्जा उत्पादनका लागि गत चैत २२ गते खुलाएको टेन्डरको गत कात्तिक २६ गते छनोट भएका ६३ कम्पनीको सूची सार्वजनिक गरेको थियो ।

प्राधिकरणले सूचना जारी गरेको भए पनि कम्पनीहरुलाई प्राधिकरणले आशयपत्र भने दिइसकेको छैन । कम्पनीहरुले विद्युत विकास विभागबाट सर्वे लाइसेन्स लिनेछन् । सर्भेको काम सकेपछि उनीहरुले कन्स्ट्क्सन लाइसेन्स लिन्छन् । प्राधिकरणले २५ वर्षसम्मका लागि सोलारका आयोजनासँग सम्झौता गर्ने तयारी छ ।

१० मेगावाटभन्दा कम क्षमताका आयोजनाहरुले पीपीए भएको १८ महिनाभित्र उत्पादन गर्नुपर्छ । १० मेगावाटभन्दा बढी क्षमताका आयोजनाहरुले विद्युत खरिद बिक्री ९पीपीए० भएको २४ महिनाभित्र उत्पादन गर्नुपर्ने प्रावधान ठेक्कामा राखिएको छ।

कम्पनीले २० लाख कित्ताको आइपिओ निकाल्न सेवोनमा अनुमति मागेको छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ८ : ४९ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा