१० चैत्र २०८२, मंगलबार | March 25, 2026

वीरगन्जलाई आर्थिक राजधानी घोषणा गर्न प्रभु साहको माग



वीरगन्ज । आम जनता पार्टी (आजपा)ले मुलुकमा बढदै गईरहेको भ्रष्टाचारका विरुद्धमा वीरगन्जमा विरोधसभा गरेको छ ।

वीरगन्जमा शनिबार शक्ति प्रदर्शन गर्दै आजपाले वीरगन्जलाई देशकै आर्थिक राजधानी घोषणा गर्न र भ्रष्टाचार बिरुद्ध बृहतसभा गरेको हो ।

सभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगन्जलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्ने माग गरे । वीरगन्जको ईतिहास, गौरब र सम्मान शासकबर्गले मेटन खोजेको आरोप लगाउँदै उनले यथाशिघ्र बिरगंजलाई आर्थिक राजधानी घोषणा गर्न माग गरेका छन् ।

‘शासकबर्गले वीरगन्जको ईतिहास, गौरब, सम्मान मेटन खोजिरहेका छन् । वीरगन्ज उनीहरुका लागि दुहुना गाईजस्तै भएको छ, यहाँबाट राजस्व मात्रै लिने तर वीरगन्जको बिकासमा योगदान नगर्ने’ आजपा अध्यक्ष साहले भने, ‘हामीले वीरगन्जलाई जसरी पनि देशको आर्थिक राजधानी घोषणा गराउँछौं । वीरगन्जले जति मुलुकलाई राजस्व बुझाउँछ, सोही अनुपातमा बिरगंजमा बिकास भएको छैन् । वीरगन्जको चौतर्फी बिकासका लागि आजपाले जस्तोसुकै कदम चाल्न बाध्य हुन्छ ।’

काठमाडौं देशको प्रशासनिक राजधानी हुने, पोखरा पर्यटकीय राजधानी हुने तर वीरगन्ज आर्थिक राजधानी किन नहुने भन्दै साहले प्रश्न गरे । उनले भने, ‘सबैभन्दा बढी राजस्व बुझाउँने वीरगन्ज । बाढी उद्योग व्यवसाय हुने यही बारा, पर्सा हो । यहाँको उधोगी, व्यापारीले तिरेको राजस्वबाट मुलुक चल्ने तर बिरगंज आर्थिक राजधानी किन नहुने ? यथाशिघ्र वीरगन्जलाई आर्थिक राजधानी घोषणा नगरिए आजपा चुप लागेर बस्दैन्, प्रभु साह चुप लागेर बस्दैन् ।’

हालै मधेस प्रदेशमा भ्रष्टाचार बिरुद्ध मधेस यात्रा अभियान सम्पन्न गरेको आजपाले सरकारकै संरक्षण एवं मिलोमतोमै भ्रष्टाचार बढदै गईरहेको जनाएको छ । वीरगन्जको घण्टाघरमा आयोजित बृहतसभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले सरकारकै संरक्षण र मिलेमतोमा राज्यको हरेक क्षेत्रमा भ्रष्टाचार बढेको गम्भिर आरोप लगाए ।

‘सरकार आफै भ्रष्टाचारीलाई संरक्षण गरेको छ । भ्रष्टाचारी जोगाउने, बचाउँने, संरक्षण गर्ने यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन् । भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको प्रधानमन्त्री केपी ओलीको सरकारले भ्रष्टाचारी जोगाउँने काम गरेको छ’ आजपा अध्यक्ष साहले भने, ‘बिभिन्न भ्रष्टाचारका काण्डमा ओलीकै नाम जोडिन्छ । तर त्यो काण्डको बारेमा कहिल्यै छानबिन हुदैन् । बिभिन्न ठुलाकाण्डको फाईल सरकारले लुकाएर राखेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरु भ्रष्टाचारमै संलग्न छन् । यि लुटेराहरुले देशलाई लुटेर कंगाल बनाईसके, राज्यको ढुकुटी लुटेका छन्, बिदेशमा पैसा थुपारेका छन् । यिनीहरुबाट देश समृद्ध हुदैन् ।’

देशको राजस्व लुटेर खाने, राज्यको ढुकुटी लुटनेहरुले हरेक नेपालीमाथि बिदेशी ऋण बढाउँदै गईरहेका छन् । विदेशीबाट ऋण लिने तर त्यसको सही सदुपयोग नगरी नेपालीलाई ऋणी बनाउँने काम यो सरकारले गरिरहेको आरोप साहको छ ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ७ : ३७ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण