१ चैत्र २०८२, आइतबार | March 15, 2026

अफ्रिकाको सुन खानीमा फसेका २४६ को जीवितै उद्दार, ७८ शव निकालियो



जोहानेसवर्ग। दक्षिण अफ्रिकाको एक अबैध सुन खानीबाट तीन दिनको उद्धार कार्यमा जम्मा २४६ जीवित र ७८ जनाको शव निकालिएको छ ।

बुधवार राति जारी गरिएको विज्ञप्ति अनुसार दक्षिण अफ्रिकी प्रहरी सेवाले उत्तर पश्चिम प्रान्तको स्टिलफन्टेन खानीमा सोमबारदेखि सुरु भएको उद्धार अभियानबाट २४६ अवैध खानीमा काम गर्नेहरूलाई भूमिगतबाट जीवितै निकालिएको र उनीहरूलाई पक्राउ गरिएको बताएको छ।

बरामद गरिएको शवको संख्या भने ७८ पुगेको छ । ‘यस चरणमा अपरेशन रद्द गरिदैन, हामी पुर्ण रूपमा निश्चित नभएसम्म यो अप्रेसन जारी रहनेछ,’ प्रवक्ता एथलेन्डा माथेले भनिन् । तर, उद्धार कार्यमा संलग्न स्वयंसेवकहरूले भूमिगत स्थानमा कुनै पनि जीवित व्यक्ति वा शव नभएको सञ्चारमाध्यमलाई बताएका छन तर उनले अझै खोजबिन गर्नु पर्ने जनाएकी छिन् ।

माथेका अनुसार लफन्टेनमा सञ्चालनको लागि जिम्मेवार खानी उद्धार सेवाले बिहीबार बिहान पनि भूमिगत पिंजरा पठाउनेछ ताकी कोही अवैध खानीमा पिंजरासँग पुनः देखा पर्न सक्छ कि सक्दैन भनेर हेर्नेछ ।

‘हामी खानी उद्धार सेवामा भर पर्नेछौं, उनीहरूको अत्याधुनिक उपकरणहरूको साथ यो पुष्टि गर्न जरूरी छ, यसले हामीलाई भूमिगत तहमा के भइरहेको छ भन्ने तस्वीर दिन सक्षम हुनेछ,’ उनले भनिन, ‘हामीले संकेत गरेका छौं कि हामीले यसलाई प्रमाणित गर्नुपर्दछ ।’

यीनीहरू लगभग दुइ महिनादेखि सुनखानीमा फसेको जनाइएको छ । यद्दपी, त्यो बारेमा अनुसन्धान जारी रहेको छ ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  १ : २८ बजे

रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस

काठमाडौँ । फागुन २१ को निर्वाचनबाट सर्वाधिक मत ल्याएर संरुसदमा

आठ महिनाको विकास खर्च १९ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको विकास खर्च कमजोर

पाल्पामा सवारी दुर्घटना, बुटवल सुख्खानगर बस्ने मगरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका–२ रोकाडाँडास्थित सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

चितवन । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिशार भएको माइक्रोबस दुर्घटनाका

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । चाँदीको मूल्य घटेको छ । सुनकोे मूल्य तोलामा