४ पुस २०८२, शुक्रबार | December 19, 2025

भूकम्प प्रभावितको घर पुनर्निर्माणका लागि सम्झौता



अछाम । अछामका भूकम्पबाट प्रभावितको घर पुनर्निर्माण अछामबाट सुरु हुने भएको छ ।

अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले मङ्गलसेन नगरपालिका–५ का भूकम्पपीडित खण्टी कामीको घर पुनर्निर्माणका लागि सम्झौता भएसँगै काम सुरु भएको जानकारी दिए ।

विपद् प्रभावित निजी आवास प्रवलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि, २०८१ बमोजिम कामीको घर पुनर्निर्माणका लागि मङ्गलसेन नगरपालिका–५ का अध्यक्ष झङ्करप्रसाद भाट र लाभग्राहीबीच बिहीबार सम्झौतामा हस्ताक्षर भएको हो । कामीको घर पुनर्निर्माणका लागि रु चार लाख खर्च हुने र उक्त रकम स्थानीय तहबाट भुक्तान हुने जनाइएको छ ।

प्रजिअ लम्सालका अनुसार भूकम्पबाट पूर्णरुपमा क्षति भएका घर पुनर्निर्माणका लागि रु चार लाख, आंशिक क्षतिको हकमा रु एक लाख र सामान्य क्षति भएकालाई रु ५० हजार अनुदान उपलब्ध गराइने छ ।

विसं २०७९ कात्तिक २२ गते डोटी केन्द्रविन्दु भएको भूकम्पका कारण जिल्लाका १० स्थानीय तहका पाँच हजार पाँच सय ४० घर प्रभावित भएका थिए । जसअनुसार मङ्गलसेन नगरपालिकामा चार सय ५६, कमलबजार नगरपालिकामा दुई सय ८५, पञ्चदेवल विनायक नगरपालिकामा ७५, चौरपाटी गाउँपालिकामा सातसय ६०, ढकारी गाउँपालिकामा ८९, साँफेबगर नगरपालिकामा दुई हजार चारसय २८, रामारोशन गाउँपालिकामा दुईसय, मेल्लेख गाउँपालिकामा छसय तीन, तुर्माखाँदमा १८ र बान्नीगढी जयगढ गाउँपालिकामा छसय २६ घरमा क्षति पुगेको थियो ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  १० : २३ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा