१५ चैत्र २०८२, आइतबार | March 29, 2026

भूकम्प प्रभावितको घर पुनर्निर्माणका लागि सम्झौता



अछाम । अछामका भूकम्पबाट प्रभावितको घर पुनर्निर्माण अछामबाट सुरु हुने भएको छ ।

अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले मङ्गलसेन नगरपालिका–५ का भूकम्पपीडित खण्टी कामीको घर पुनर्निर्माणका लागि सम्झौता भएसँगै काम सुरु भएको जानकारी दिए ।

विपद् प्रभावित निजी आवास प्रवलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि, २०८१ बमोजिम कामीको घर पुनर्निर्माणका लागि मङ्गलसेन नगरपालिका–५ का अध्यक्ष झङ्करप्रसाद भाट र लाभग्राहीबीच बिहीबार सम्झौतामा हस्ताक्षर भएको हो । कामीको घर पुनर्निर्माणका लागि रु चार लाख खर्च हुने र उक्त रकम स्थानीय तहबाट भुक्तान हुने जनाइएको छ ।

प्रजिअ लम्सालका अनुसार भूकम्पबाट पूर्णरुपमा क्षति भएका घर पुनर्निर्माणका लागि रु चार लाख, आंशिक क्षतिको हकमा रु एक लाख र सामान्य क्षति भएकालाई रु ५० हजार अनुदान उपलब्ध गराइने छ ।

विसं २०७९ कात्तिक २२ गते डोटी केन्द्रविन्दु भएको भूकम्पका कारण जिल्लाका १० स्थानीय तहका पाँच हजार पाँच सय ४० घर प्रभावित भएका थिए । जसअनुसार मङ्गलसेन नगरपालिकामा चार सय ५६, कमलबजार नगरपालिकामा दुई सय ८५, पञ्चदेवल विनायक नगरपालिकामा ७५, चौरपाटी गाउँपालिकामा सातसय ६०, ढकारी गाउँपालिकामा ८९, साँफेबगर नगरपालिकामा दुई हजार चारसय २८, रामारोशन गाउँपालिकामा दुईसय, मेल्लेख गाउँपालिकामा छसय तीन, तुर्माखाँदमा १८ र बान्नीगढी जयगढ गाउँपालिकामा छसय २६ घरमा क्षति पुगेको थियो ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  १० : २३ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको