१६ चैत्र २०८२, सोमबार | March 30, 2026

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : पचास लाख धरौटी बुझाएर जोशी रिहा



काठमाडौँ ।काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दामा नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक छविलाल जोशी रिहा भएका छन । काठमाडौँ जिल्ला अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले जोशी रू ५० लाख बैंक ग्यारेन्टी बुझाएर आजै रिहा भएको जानकारी दिए । यसअघि जोशीलाई कास्की जिल्ला अदालतले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रू ८८ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

सोही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कास्की अदालतबाट रू ६५ लाख र काठमाडौँ जिल्ला अदालतबाट रू ६० लाख बैंक ग्यारेन्टी बुझाएर छुटिसकेका छन् । उनीहरुविरुद्ध अझै रुपन्देही, चितवन र पर्सामा पनि सहरकारी ठगी कसुरमा जाहेरी दर्ता भएको छ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  १० : ०१ बजे

मुस्ताङको लेते-धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ । मुस्ताङस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण

पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

सुशासन मार्गचित्र : लगानीमैत्री वातावरण सिर्जना प्राथमिकतामा

काठमाडौँ । सरकारले आइतबार सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले

निवर्तमान कार्यवाहक सभापति खड्काबाट कांग्रेस पूर्वकेन्द्रीय समितिको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले १४ औं