१६ चैत्र २०८२, सोमबार | March 31, 2026

सन्दीप लामिछाने परे क्यानको कारबाहीमा



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडी सन्दीप लामिछानेलाई कारबाही गरेको छ।

आचारसंहिता उल्लङ्घनको आरोपमा क्यानले लामिछानेलाई कारबाही गरेको हो। क्यानले उनलाई एक खेल खेल्न प्रतिबन्ध लगाएको छ। सन्दीपले जय ट्रफी एलिट कपमा अम्पायरको निर्णयमा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

बागमती प्रदेशको कप्तानी गरिरहेका सन्दीपले अम्पायरहरूले गलत निर्णय गरेको आरोप लगाउँदै सार्वजनिक रूपमा आफ्नो असन्तुष्टि पोखेका थिए। अम्पायरको निर्णयको आलोचना गर्नु क्यानको आचारसंहिताको उल्लङ्घन मानिन्छ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार म्याच रेफ्री र प्राविधिक समितिको सिफारिसमा सन्दीपलाई तीन डिमेरिट अंक दिइएको हो। यस निर्णयअनुसार अब सन्दीपले क्यानको आयोजनामा हुने जुनसुकै प्रतियोगिताको एक खेल खेल्न पाउने छैनन्।

सन्दीपले सामाजिक सञ्जालमा समर्थन गर्ने प्रशंसकहरूप्रति आभार व्यक्त गरेका छन्। यद्यपि, यो प्रकरणपछि कतिपयले उनले सन्यास लिने अड्कलसमेत गरेका थिए।

पछिल्लो समय उनले व्यक्तिगत कारणले मोबाइल नम्बर परिवर्तन गरेको र केही दिन ह्वाट्सएप खुला रहने जानकारी समेत दिएका छन्।

लामिछाने हाल नेपालका सबैभन्दा चर्चित क्रिकेटर हुन्। अन्तर्राष्ट्रिय फ्रेञ्चाइज लिगमा उनको उपस्थिति र प्रदर्शनले उनलाई ग्लोबल स्टार बनाएको छ।

तर, पछिल्लो समय विवाद र प्रदर्शनमा गिरावटका कारण उनले चुनौती सामना गरिरहेका छन्।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  २ : ५८ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित