२१ चैत्र २०८२, शनिबार | April 5, 2026

राष्ट्रिय जनमोर्चाले संघीयता विरुद्ध राजधानी केन्द्रीत आन्दोलन गर्ने



बुटवल । राष्ट्रिय जनमोर्चाले संघीयता विरुद्ध राजधानी केन्द्रीत आन्दोलन गर्ने घोषणा गरेको छ । आन्दोलनको प्रकार कस्तो रहने विषयमा जनमोर्चाले आइतवार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।

पार्टीका जिल्ला अध्यक्ष टान बहादुर केसी जिल्ला अध्यक्षको अध्यक्षता भएको सम्मेलनमा आगामी चैत्र २४ गतेदेखि ३० गतेसम्म प्रदेश खारेजको विषयलाई राजधानी केन्द्रीत बनाएर आन्दोलन गर्ने तयारी भएको जानकारी गराइएको थियो । सम्मेलनमा बोल्दै केसीले आन्दोलनलाई सफल बनाउन गत मंसिरमा जिल्लादेखि टोलसम्मका भेला सम्पन्न गरिसकेको, पुसमा विभिन्न तहका प्रशिक्षण कार्यक्रम गरिएको बताइएको थियो ।

सम्मेलनलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले संघीयता विरुद्धको आन्दोलन राष्ट्रिय जनमोर्चाले आह्वान गरेपनि यो आन्दोलन आमदेशभक्त नेपाली जनताको आन्दोलन भएको जिकिर गरे ।

अध्यक्ष केसीले संघीयता देशको हितमा नभएको बताउँदै संघीयता भिडाउनेको भन्दा भिर्नेहरुबाट नै संघीयताको नामले नेपाली जनताले बलिदान गरेर ल्याएको गणतन्त्र र लोकतन्त्रलाई सिध्याउँछन् कि भन्ने खतरा बढेको बताए ।

 

संघीयता विरुद्धको राजधानी केन्द्रीत आन्दोलनको पक्षमा रुपन्देहीमा राजनीतिक वातावरण तयार पार्न जिल्लाव्यापी पर्चा वितरण, जनभेटघाट, भित्ते लेखन जस्ता कामलाई तीव्रता दिइने र जिल्लास्तरीय दुईवटा अन्तक्र्रिया कार्यक्रम यही माघ ५ गते गर्ने उल्लेख गरिएको छ । माघ १० गतेदेखि १२ गतेसम्म जिल्लाव्यापी घुम्ती कोणसभाको आयोजना गरिने जनाइएको थियो ।

फाल्गुन ३ गते बुटवलदेखि बेलहियासम्म मोटरसाइकल र्यालीको आयोजना गर्ने र राजधानीमा हुने संघीयता विरुद्धको आन्दोलनको पक्षमा वातावरण तयार पार्न विभिन्न प्रचार कार्यक्रम तय गर्नुको साथै पुस २१ देखि संगठानात्मक अभियानलाई जोड दिईने जिल्ला अध्यक्ष केसीले बताए ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ६ : ४६ बजे

प्रहरी ‘अप्रेसन’ : १८९ जना पक्राउ

काठमाडौँ । काठमाडौँ प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

ठुलो परिमाणको ब्राउन सुगरसहित ४ जना पक्राउ

नेपालगन्ज । नेपालगन्जबाट प्रहरीले ठुलो परिमाणको लागु औषध ब्राउन सुगरसहित

कांग्रेसको ७७ वटै जिल्लामा ‘जरा अभियान’, यी हुन ७७ जिल्लाका केन्द्रीय प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको प्रक्रिया अगाडी बढाएसँगै

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

लमजुङ । आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको

परिचयपत्र नभएका व्यक्तिहरूले कांग्रेसको १५औँ महाधिवेशनमा भाग लिन नपाउने

ललितपुर । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा