१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

‘सम्झनामा तारादेवी’



काठमाडौं । नेपाली गीतसङ्गीतको क्षेत्रमा कोकिला, किन्नरीलगायत उपाधि पाएकी गायिका तारादेवीलाई स्मरण गर्दै ‘सम्झनामा तारादेवी’ सांस्कृतिक साँझ र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार जमलस्थित सांस्कृतिक संस्थानमा तारादेवी स्मृति फाउन्डेसनद्वारा उनको १९ औँ स्मृति दिवसका अवसर पारेर आयोजना गरिएको कार्यक्रममा उनका लोकप्रिय गीतहरूमार्फत स्मरण गरियो ।

फाउन्डेसनका संरक्षक रवि श्रेष्ठले आफ्नी आमा तारादेवीले नेपाली साङ्गीतिक क्षेत्रमा पु¥याएको योगदानलाई सम्झने, चर्चा गर्ने र यसै क्षेत्रमा संलग्न व्यक्तित्वहरुलाई सम्मान गर्ने उद्देश्यका साथ संस्था (फाउन्डेसन) स्थापना गरिएको बताए । उनले भने, “फाउन्डेसनमार्फत आमा (तारादेवी) को स्मृति दिवसमा गरिने कार्यक्रमले सङ्गीतकर्मीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले हामीले सम्मान गर्ने गरेका छौँ । उहाँको सपनालाई पूरा गर्न फाउन्डेसनले निरन्तर कामहरू गरिरहेको छ ।”

सो अवसरमा गीतकार तथा सङ्गीतकारहरू सिके रसाइली, तीर्थकुमारी थापालगायतलाई जनही रु २५ हजारसहित सम्मान गरिएको थियो । आठ वर्षको उमेरदेखि नै गाउन थाल्नुभएकी गायिका तारादेवीले स्वर दिएकी ‘शुभकामना भरि’, ‘उकाली ओरालीहरूमा’, ‘साँघुरी बारी नि हो’, ‘त्यो धारा पानी’, ‘कालीपारि दाइ कति राम्रो’ लगायतका गीतहरू अहिलेका पुस्तामाझ पनि लोकप्रिय छन् ।

तारादेवीले आठ वर्षको उमेरदेखि नै गाउन थालेकी थिइन । उनले गीतकार चाँदनी शाह, माधवप्रसाद घिमिरेलगायत थुप्रै चर्चित गीतकार र सङ्गीतकार नातिकाजीलगायत व्यक्तित्वहरुको सङ्गीत संयोजनमा आफ्नो जीवनकालभरिमा करिब चार हजार गीत गाeकी छिन ।

गायिका तारादेवीको २०६२ सालमा निधन भएपछि उनको साङ्गीतिक कृति, योगदान र यात्रालाई जीवन्त बनाउने लक्ष्यले ‘तारादेवी स्मृति फाउन्डेसन’ को स्थापना गरिएको आयोजित कार्यक्रममा जानकारी गराइयो ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ५ : ०२ बजे

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र

फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

काठमाडौँ । सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध

रौतहटमा पुनः कर्फ्यु कडाइका साथ लागू, झडपमा संलग्न २० जना पक्राउ

काठमाडौं । रौतहट जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ८:३० बजेदेखि

गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र

गुल्मी । यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान

मनहरीको बिजौनामा यात्रुवाहक बस दुर्घटना, २२ जना यात्रु घाइते

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा आज