१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

ठाडी भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ नहुँदा राजस्व सङ्कलन प्रभावित



सिरहा । ठाडी भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ नहुँदा राजस्व सङ्कलन प्रभावित भएको छ । यद्यपि सिरहा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रामशङ्कर यादवले सिरहास्थित ठाडी भन्सार कार्यालयमा खाद्य तथा प्लान्ट क्वारेन्टिन स्थापनाको प्रयास जारी रहेको जनाउँदै सम्बन्धित निकायमा त्यसनिम्ति आवश्यक प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

त्रिहत्तरौँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा ठाडी भन्सार कार्यालयले आइतबार यहाँ आयोजना गरेको कार्यक्रममा उनले सिरहाका तीनवटै भन्सार कार्यालयमा खाद्य तथा प्लान्ट क्वारेन्टिन नहुँदा राजस्व सङ्कलन प्रभावित भएको बताए ।

मधेश प्रदेशसभा सदस्य राजकुमार गुप्ताले नेपाल-भारत सहज व्यापारका लागि उपयुक्त नीति कानुनको आवश्यक्ता रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जिल्लामा प्लान्ट क्वारेन्टिनको सुविधा नहुँदा समस्या भएको बताए ।

ठाडी भन्सार कार्यालयका प्रमुख मुकेशकुमार पाठकले खाद्य तथा प्लान्ट क्वारेन्टिन नहुँदा खाद्य सामग्रीको भन्सार जाँचपास ठप्पभई राजस्व सङ्कलन प्रभावित भएको गुनासो गरे ।

ठाडी भन्सार कार्यालयले चालु आर्थिक वर्षमा रु चार करोड २३ लाख ४२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा पुस मसन्तसम्ममा लक्ष्यको ८४ प्रतिशत मात्र सङ्कलन भएको जनाएको छ । प्लान्ट क्वारेन्टिन नहुँदा व्यवसायीले विराटनगर र जलेश्वर भन्सारबाट मालसामान निर्यात गर्दै आएका छन् ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ६ : ०४ बजे

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै

सदनमा देखिने छन् अधिकांश नयाँ विधायक

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

बुटवल । यहाँको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

काठमाडौँ । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४

मातृभाषामा शपथ खाने साँसदहरुको संख्या ६३ पुग्यो

काठमाडौं । संघीय संसद अन्तर्गत नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरु मध्य ६३