४ पुस २०८२, शुक्रबार | December 20, 2025

रास्वपाको सचिवालय बैठक आज बस्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज काठमाडौंमा बस्दैछ । बैठक सोमबार (आज) बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थली, काठमाडौंमा बस्ने कार्यवाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छन् ।

बैठकमा समसामयीक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू, (विभाग सञ्चालन नियमावली २०८१ संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरु प्रस्ताव, संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्‍याट विभाग नियमावली २०८१ मा छलफल हुने कार्यसूची रहेको रावलले जानकारी दिएकी हुन् ।

उनका अनुसार बैठकमा सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम ९पदाधिकारीको नेतृत्वमा०, स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता विषयमा, संसद अधिवेशन तथा सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयन सम्बन्धमा समेत छलफल हुने एजेण्डा रहेको जनाइएको छ । साथै संघिय संसदको आगामि हिउँदे अधिवेशन लगायतका अन्य बिषयहरुमा पनि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ७ : ३२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको