१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

प्रादेशिक महोत्सव पाँचौं दिन : दीपक र दीपाले नचाए दर्शकलाई



नेपालगन्ज । प्रादेशिक महोत्सव २०८१ को पाँचौ दिनमा चर्चित हाँस्य जोडी दीपकराज गिरी र दीपाश्री निरौलाले दर्शक नचाएका छन् । आजको सांगितिक कार्यक्रममा रामबिलास र धनिया बनेर स्टेजमा उक्लेका दीपक र दीपाले दाहेरी पनि खेले । कार्यक्रममा निर्देशक तथा हास्यव्यङ्ग्य कलाकार दीपाश्री निरौलाले देउडा गीतबाट दीपकसँग दोहोरी खेलेकी थिइन् । छक्कापञ्जामा राजा पात्र बनेर खस भाषामा चर्चित दीपकराजले पनि देउडाबाट दीपालाई जवाफ फकाएका थिए ।

आजै गायक दुर्गेश थापाले मञ्चमा आफू नाचे र दर्शकलाई पनि खुबै नचाए । कता हिँडेको बैनी हट बनेर….पट भएर….ब्युटी भएर….भन्दै गायक दुर्गेग थापा रातो ज्याकेट, कालो चस्मा र कालो मास्क लगाएर बडो फुर्तिलो साथ स्टेजमा देखिए । पछिल्लो समयको युटयुब टेन्डिङ गीत दुस्मन हेरेको हे¥यैबाट स्टेज उक्लेका दुर्गेश थापाको क्रेजमा चौरमा युवायुवती निकै झुमेका थिए । गीत गाउँदा गाउँदै उनले सुरुमा मास्क र पछि ज्याकेट पनि फुकाले । दर्शकबाट वान्स मोर भनेपछि यही एउटा गीत उनले तीन पल्ट गाएर दर्शकलाई नचाएका थिए । उनले क्षेत्रीको छोरो हिरो छ…,हामी पनि नाच्नुपर्छ बीच्चबीच्चमा….लगाएका गीतहरु पनि उत्तिकै उर्जाका साथ गाएका थिए ।

सोमबार गायिका इब्सल सन्ज्यालले पनि झुम्के गुलाबी…, माथि रानी वन….लगायतका गीत गाउँदै आफू नेपालगन्जकै चेली भएको भन्दै आत्मियता दर्शाएकी थिइन् । अर्का गायक अर्जुन सापकोटाले बस्यो अलक्कै…, वनकी चरी….लगायतका गीत गाएका थिए । उनी मञ्चदेखि तल झरेर दर्शकसँग हातमिलाउँदा दर्शक रमाएका थिए ।

साँस्कृतिक व्यवस्थापन समितिका संयोजक मख्खनबहादुर धामीका अनुसार महोत्सवको छैठौं दिन मंगलबार चर्चित गायिका एलिना चौहान, लोकदोहोरी गायक कमल विसी माल्दाइ, थारु गायक राज कुस्मी र डान्सर रुविना अधिकारीको प्रस्तुती रहने कार्यक्रम रहको छ ।

पाँचौ दिन पनि एकल नृत्य प्रतियोगिता र विभिन्न जातीय पहिचानका सांस्कृतिक कार्यक्रम भएको थियो । महोत्सवका साँस्कृतिक उपसमितिका वरिष्ठ सल्लाहकार सुन्दर गुरुङका अनुसार सोमबार पनि जिल्लाका थप सात वटा विद्यालयका प्रतिस्पर्धीहरुले प्रथम चरणका प्रस्तुती दिएका थिए ।

महोत्सवको मुख्य आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघ, बाँके, आयोजक नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं, सह आयोजक नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश र सहकार्य क्यान महासंघ बाँके शाखासँग भएको छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ८ : ३७ बजे

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद