३ पुस २०८२, बिहिबार | December 18, 2025

सरकारले आशा जागाउने काम गरेको छ : उपमहासचिव ज्ञवाली



बुटवल । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारले नागरिकमा आशा र भरोसा जगाउने काम गरेको बताएका छन् । उपलव्ध सिमित साधन स्रोत र छोटो समयमा धेरै उपलब्धि हासिल गरेको दाबी गर्दै नेता ज्ञवालीले देशमा सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता रहेको बताए ।

प्रेस चौतारी नेपाल रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता ज्ञवालीले देशमा स्थायित्वका लागि दुई ठूला पार्टी (एमाले र कांग्रेस) मिलेर अहिलेको गठबन्धन बनेको र निराशा चिर्नेगरी सरकारले काम गरेको बताए । ‘यो सरकार बनेपछि केही देखिने उपलब्धि भएका छन्, राजश्व बढेको छ, रोकिएका विकास निर्माणका काम अघि बढेका छन्, आयात निर्यात दुबै बढेको छ’, उनले भने ।

निजी क्षेत्र उत्साहित, सामाजिक सञ्जाल नियमन विधेयक ठिक छ

पूर्व परराष्ट्रमन्त्री रहेका नेता ज्ञवालीले अहिले आएका अध्यादेशले निजी क्षेत्रमा उत्साह देखिएको र संसदमा दर्ता भएको सामाजिक सञ्जाल नियमनको विधेयकले सबैलाई मर्यादामा राख्ने, प्रेस स्वतन्त्रता कायम गर्ने र गलत सूचनाबाट सबैलाई जोगाउने बताए । उनले देशभर सरकारी पीडितलाई अहिलेको सरकार बनेपछि ठूलो रकम फिर्ता गराएको र अहिले पनि निरन्तर काम भएको बताए ।

‘सहकारीको बेथिति हटाएको छ, बचत फिर्ता गर्ने पहिलो प्राथमिकता छ । कानुन बमोजिम अघि बढेको छ सरकार । सबै दलमा रहेका आरोपितहरूमाथि छानविन भइरहेको छ’, उनले भने, ‘यसमा पूवाग्रह राख्नुपर्ने होइन । एमालेमाथि आरोप लगाइएको छ, एमालेको प्रतिस्पर्धा रास्वपा होइन, राम्रो गरे जनताले सम्मान गर्छन् यो समस्या गोर्खा मिडियामा हुँदाको हो दलसँगको होइन ।’

माओवादी र नेता प्रचण्डप्रति लक्षित गर्दै नेता ज्ञवालीले अस्थिरतामा रमाएर बस्ने व्यक्ति र पार्टीका कारण समय आएको बताए । ‘देशमा अस्थिर बढाएर रमाउने दल, नेतालाई सबैले चिनेको अवस्था हो, अस्थिरता खेलाडीलाई छट्पटी देखिएको छ अहिलेको कामले, गठबन्धनमा समस्या आयो भनेर रमाउनेहरू पनि छन्, तर त्यो असंभव कुरा हो’, उनले भने ।

नेता ज्ञवालीले अमेरिकी सरकारको पछिल्लो नीतिले त्यहाँबाट आउने सहायताका काम रोकिएको र यसले पछिसम्म पनि असर पार्ने बताए । ‘ट्रम्पको चुनावी घोषणामै केही यस्ता सहयोग कटाउने उल्लेख थियो, सुरक्षित मातृत्व र आप्रवासी नीतिमा पछिसम्म कडाइ नै हुन्छ, त्यसैले नेपालको अर्थव्यवस्थामा पनि यसले प्रभाव पार्न सक्छ’, उनले भने ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ५ : ५८ बजे

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको