४ पुस २०८२, शुक्रबार | December 19, 2025

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीले बनायो स्वर्गिय प्रचण्ड थैवको मूर्ति, शहिद दिवसमा अनावरण



बुटवल । शहिद दिवसको अवसर पारेर राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीले बुटवलका शहिद स्वर्गिय प्रचण्ड थैवको अर्धकदको शालिक अनावरण कार्यक्रम गरेको छ ।

बुधबार एक कार्यक्रमका बिच स्वर्गिय थैवका आमा सुकन्या थैवले मुर्तिको अनावरण गर्दै माल्यापर्ण गरेका छन । वि सं २०६५ सालमा चैत १३ गते थैवको हत्या भएको थियो । कार्यक्रममा सहभागीहरुले मुर्तिमा माल्यापर्ण गर्दै श्रद्धान्जली अपर्ण गरे ।

राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका जिल्ला कमिटी उपाध्यक्ष तथा सालिक निर्माण समिति संयोजक दिपक खड्गीले स्वर्गिय थैवको परिवार, युवाहरुको सहयोगमा मुर्ति निमार्ण गरिएको बताए । युवाहरुको पक्षमा सधै अग्रसर रहेका स्वर्गियको स्मरण हुने गरि घटनास्थल परिसरमा नै शालिक निमार्ण गरिएको उनले बताए ।

कार्यक्रममा नेकपा एमाले पार्टी रुपन्देही जिल्ला उपसचिव बाबुराम पन्थीले राजनीतिक परिवर्तनमा स्वर्गिय थैवको योगदानबारे प्रकाश पार्दै सरकारबाट शहिदको योगदानको उचित मुल्याकन गर्न आग्रह गरे ।

घटनाका प्रत्यक्षदर्शी युवा संघका लुम्बिनी प्रदेश ईन्चार्ज केशव रोकाले आफु प्रत्यक्षदर्शी भएको बताउदै तत्कालिनसमयमा माओबादीको डर धम्कीका बावजुद पनि दोषीलाई कारवाहीका लागि कानुनी उपचार अघि बढाएको अनुभव सुनाए ।

कार्यक्रममा निमार्ण समितिका सदस्य सुदर्शन खाम्चाले निमार्णको क्रममा भएको सहयोगीहरुप्रति विशेष धन्यबाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ६ : ०० बजे

फागुन २१ मै निर्वाचन हुनुपर्छ तर सरकारको कामले आशंका बढायो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१

अर्थमन्त्री खनालबाट जेनजी आन्दोलनबाट क्षतिग्रस्त बुटवल उपमहानगरपालिकाको स्थलगत अवलोकन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बुटवल

भैरहवाको मौसम प्रतिकूल भएपछि भरतपुर हुँदै रुपन्देही जाँदै रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवाको मौसम

मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी

बुटवल । नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष तथा सदस्य पदका लागि

जेनजी अगुवा पुरुषोत्तम यादव रास्वपामा आबद्ध

काठमाडौं । ‘जेनजी’ अभियानका अगुवा पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टी