२४ माघ २०८२, शनिबार | February 7, 2026

दुई दलको गठबन्धन रहेसम्म सरकार ढल्दैन : अध्यक्ष नेपाल



भक्तपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दुई ठूला राजनीतिक दलको गठबन्धन कायम रहँदासम्म वर्तमान सरकार नढल्ने बताएका छन् ।

भक्तपुर कमलविनायकमा रोम्बस सेकेन्डरी स्कुलले आज आयोजना गरेको आइएसओ प्रमाणपत्र हस्तान्तरण समारोहमा उनले ठूला दलको गठनबन्धन रहेका सरकार निरन्तर रहने बताए । अध्यक्ष नेपालले भने, “सरकारको आयु सांसदको सङ्ख्याले निर्धारण गर्ने हो । दुई ठूला दलको गठबन्धनबाट सरकार बनेको छ । त्यसैले गठबन्धन रहेसम्म सरकार रहन्छ ।”

सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै उनले संसदीय समितिमा दर्ता भएका विधेयकलाई फिर्ता नलिइ अध्यादेशमार्फत संसद्मा फास्टट्र्याकबाट पारित गराउन खोज्नु गलत भएको बताए ।

अध्यक्ष नेपालले विद्यालयका प्रिन्सिपल डा राजेन्द्र कोजूलाई विद्यालयको आइएसओ प्रमाणपत्र हस्तान्तरण गरे । कार्यक्रममा प्रिन्सिपल डा कोजूले आज सहिद दिवसको अवसरमा आयोजित कार्यक्रमले विद्यार्थीहरूमा सहिदप्रतिको सम्मान, देशप्रेमको भावना जगाउनुका साथै गुणस्तरीय शिक्षामा कटिबद्ध रहको बताए ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  १० : ०७ बजे

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको