३ पुस २०८२, बिहिबार | December 18, 2025

पार्टी अध्यक्ष प्रचण्डलाई भेटे क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीले



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीसहितको टिम बिच भेटबार्ता भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा सो भेटघाट भएको हो । प्रकाश सापकोटाको अध्यक्षतामा नयाँ केन्द्रिय कार्यसमिति चयन भएको हो ।

‘आज बिहान खुमलटारमा अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीहरूसङ्ग भेट भयो, आन्तरिक लोकतन्त्रको अभ्यासमार्फत निर्वाचित नौजवान युवाहरूको उर्जा नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि शैक्षिक आन्दोलनको अगुवाई र राजनैतिक आन्दोलनको सेवा गर्न सहि ढंगले प्रयोग हुने विश्वास लिएको छु,’ अध्यक्ष प्रचण्डले सो भेटवार्ता पछि भने, ‘ सम्पुर्ण निर्वाचित टिमलाई पुनः हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।’

उनले अगाडि भने, ‘विद्यार्थी आन्दोलनबाट विदाई भएका सबै युवा कमरेडहरूलाई पार्टीका विभिन्न भुमिकामा रहेर क्रियाशिल हुन आग्रह गर्दछु।’ साथै, सम्मेलन सफल पार्न अहोरात्र खट्ने निर्वाचन आयोग र समिति, सम्पुर्ण पार्टी पंक्ति, युवा तथा अन्य जनसंगठन, सुरक्षाकर्मी र पत्रकारहरू प्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  २ : ४८ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन