२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

त्रिकोणात्मक महिला टी-२० सिरिज : आज नेपालले थाइल्याण्डसँग खेल्दै



काठमाडौं । राजधानीमा जारी त्रिकोणात्मक महिला टी-२० आई सिरिज सिरिजअन्तर्गत आज नेपालले दोस्रो खेलमा थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्यान्न १२;१५ देखि सुरु हुने प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा हुने छ भने थाइल्याण्ड लगातार दोस्रो जितको प्रयासमा हुने छ ।

नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो भने शुक्रबार भएको खेलमा थाइल्याण्डले नेदरल्याण्डलाई पराजित गरेको थियो । महिला टी-२० आई वरियतामा नेपाल २० औं स्थानमा छ भने थाइल्याण्ड १३ औँ स्थानमा रहेको छ । यसैगरी नेदरल्याण्ड्स १६ औं स्थानमा रहेको छ । सिरिजमा सहभागी टोलीले एकअर्कासँग समान ३ पटक खेल्नेछन् । लिग चरणको अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

नेपाली महिला टोली : इन्दु बर्मा (कप्तान), बिन्दु रावल, सम्झना खड्का, कविता कुवँर, ममता चौधरी, पुजा महतो, राजमती ऐरी, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनिषा उपाध्याय, अलिसा कुमारी यादव, रेवती धामी, इश्वरी बिष्ट र सिता राना मगर

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ७ : २९ बजे

सत्कारले लोभिन्छन् भकुण्डेको घरबासका पाहुना

बागलुङ । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला

मनोबल बोकेर निर्वाचन सुरक्षामा खटियो नेपाल प्रहरी

रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद

पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु बरामद

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र