२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्रेम र यौन प्रस्ताव अस्वीकार गर्दा पहिलो भेटमै हत्या



अछाम । गत शुक्रबार गोठालो गएका बेला बेपत्ता भएर भोलिपल्ट अछामको छिन्ने जङ्गलमा मृत भेटिएकी ढकारी गाउँपालिका–८ पल्साताकी दुई किशोरीको हत्या भएको प्रहरीले निश्कर्ष निकालेको छ ।

शनिवार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले स्थानीय सरस्वती र इशराको हत्या भएको निश्कर्ष सुनाएका हुन् । प्रहरीले प्रेम र यौन प्रस्ताव अस्वीकार गर्दा एकजनाको हत्या गरिएको र घटना लुकाउन अर्का किशोरीको हत्या भएको जनाएको छ । हत्या आशंकामा पक्राउ परेका दुई किशोरले नै उनीहरुहको हत्या गरेको नायव उपरीक्षक भण्डारीले बताएका छन् । ‘किशोरीको हत्याको प्रमुख कारण प्रेम सम्बन्ध र यौन प्रस्ताव हो ।’ डिएसपी भण्डारीले भने ।

उनका अनुसार मृतक इशरा खड्का र पक्राउ परेका मध्येका एक नाबालक किशोरबीच लामो समयदेखि टेलिफोनमा कुुराकानी हुने गरेको र दुवै जनालाई टेलिफोनमा हुने संवादले प्रेम सम्बन्धमा पुर्‍याइसकेको अवस्थामा पहिलो पटक छिन्ने जङ्गलमा भेट भएको थियो ।

शुक्रवार गोठालो गएका बेला छिन्ने जङ्गलमा भेट्ने तय भए अनुसार मृतक इशरा खड्कासँग प्रेम सम्बन्धमा रहेका युवकबीच कुराकानी भइरहेको हुन्छ । उनीहरुबीच प्रेमको चिनो स्वरूप विवाह गर्ने सर्तमा चुन्नी (दोपट्टा) साटिसकेका हुन्छन् ।

यता इशराको फुपू नाता पर्ने सरस्वतीसँग अर्का एक किशोरले पनि प्रेम प्रस्तावका लागि संवाद सुरु गरेको प्रहरीको भनाई छ । इशारा र अर्का किशोरले जस्तै हामी पनि प्रेम गरौँ, विवाह गरौँ भन्दै अर्का युवकले सरस्वतीसँग कुरा गर्दा सरस्वतीले उनको प्रस्ताव अस्वीकार गरेपछि आवेशमा आएका किशोरले ढुँगाले हानेर सरस्वतीको हत्या गरेको प्रहरी प्रमुख डिएसपी भण्डारीले दाबी गरे । पहिले प्रेम र त्यसपछि यौन प्रस्ताव अस्वीकार गरेपछि आवेशका आएका युवकले नजिकै भएको ढुङ्गाले हानेर सरस्वतीले हत्या गरिएको उनले बताए ।

प्रहरीका अनुसार ढुङ्गा खसेको आवाज आएपछि इशरा र अर्का युवक घटनास्थलमा आइपुग्छन् । त्यहाँ सरस्वतीको शव क्षतविक्षत अवस्थामा देख्छन् । युवकले माथिबाट खसेको ढुङ्गा लागेर उनको मृत्यु भएको दाबी गर्छन् । तर इशराले भने फुपू सरस्वतीको हत्या गरेको भन्दै गाउँमा खबर गरिदिने भनेर आक्रोश व्यक्त गर्छिन् ।

‘घटना बाहिर आउने डरले इशराको पनि हत्या गर्ने ती किशोरले आकस्मिक योजना बनाउँछन् । इशारालाई पहिले पछाडिबाट डुङ्गाले हानेर हत्या गरिन्छ, लडेपछि फेरि अगाडिबाट ढुङ्गाले हानेर मारिएको देखिन्छ’ प्रहरी प्रमुख भण्डारीले पत्रकार सम्मेलनमा भने ।

गाउँबाट भाग्ने योजना बनाइरहेको अवस्थामा प्रहरीले आइतबार राति उनीहरूलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार दुवै किशोरीको हत्यापछि आत्तिएका किशोरले घटनालाई भवितव्य देखाउने उद्देश्यले भीरमाथिबाट शव भएको स्थानतर्फ ढुङ्गा खसालेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय अछाम, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले गरेको अनुसन्धानका क्रममा उनीहरुको हत्या भएको खुलेको हो ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  १ : २२ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल