५ पुस २०८२, शनिबार | December 20, 2025

गौ आहार हस्तान्तरण गरेर सम्बन्ध सहकारीले मनायो स्थापना दिवस



बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर-११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो छैठौं स्थापना दिवसको अवसरमा आइतबार शिवनगरस्थित नन्दिनी गौशालामा पशु आहार हस्तान्तरण गरेको छ । विगतका वर्षमा पनि रचनात्मक कार्य गर्दै स्थापना दिवस मनाउँदै आइरहेको सहकारीले यस वर्ष गौशालाका गाई वस्तुलाई आवश्यक खाद्यान्न उपलब्ध गराएर आफ्नो स्थापना दिवस मनाएको हो ।

सहकारीका सल्लाहकार तथा बुटवल उपमहानगरपालिका वडा नम्बर–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले गौशालाका व्यवस्थापक रानी कानु बानियालाई गौ आहार हस्तान्तरण गरे । सो अवसरमा बोल्दै वडा अध्यक्ष क्षेत्रीले सम्बन्ध सहकारीले सामाजिक उत्तरदायित्व पूरा गरेको बताए ।

उनले गौशालालाई सबैको साथ र सहयोग आवश्यक रहेको भन्दै आगामी दिनहरुमा पनि पुन्य काममा हात फैलाउन सहकारीलाई आग्रह गरे । सो अवसरमा बोल्दै सहकारीका अध्यक्ष लोकराज शर्माले सबै क्षेत्रको साथ र सहयोगबाट सहकारी छोटो समयमा यहाँसम्म आउन सफल भएको बताए ।

सहकारीलाई नमूना बनाउदै सबैको भरोसायोग्य वित्तीय संस्था बनाउन आफूहरु निरन्तर खटिरहेको शर्माको भनाइ छ । कार्यक्रममा स्वागत गर्दै सहकारीका उपाध्यक्ष विष्णु कुमारी गौतमले गाई र गौशाला संरक्षण गर्नु सबैको दायित्व रहेको बताइन । कार्यक्रमको सञ्चालन सहकारीका सचिव कमल नेपालले गरेका थिए ।

कार्यक्रममा सहकारी संस्थाका सल्लाहकार, सञ्चालक समितिका पदाधिकारी तथा, सदस्यहरु, लेखा सुपरीबेक्षण समितिका संयोजक एवं सदस्यहरु, विभिन्न उपसमितिका सदस्यहरु र कर्मचारीको सहभागिता रहेको थियो ।

सहकारीमा ७५० शेयर सदस्यहरु रहेका छन भने, १ करोड २५ लाख शेयर पूँजी, ५ करोड बचत, ५ करोड ऋण लगानी गरेको छ ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  १२ : ५७ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य