२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

नेपालद्वारा नेदरल्याण्ड्ससामु १४६ रनको लक्ष्य प्रस्तुत



काठमाडौं । नेपालले त्रिकोणात्मक महिला अन्तरराष्ट्रिय ट्वान्टी–२० शृङ्खलाको आफ्नो पाँचौँ खेलमा नेदरल्याण्ड्सलाई जितका लागि एक सय ४६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान जारी खेलमा नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ४५ रनको योगफल बनाएको हो ।

नेपालका लागि पूजा महत्तोले सर्वाधिक ६२ रन योगदान दिइन् । उनले ५१ बलमा पाँच चौका प्रहार गर्दै ६२ रन जोडेकी हुन । कप्तान इन्दु बर्माले ३७ बलमा पाँच चौकाको सहयोगमा ३९ रन जोडिन् । रुबिना क्षेत्री १७ बलमा २० रन बनाउँदै आउट हुँदा कविता जोशी सात रनमा नट आउट रहिन् ।

नेदरल्याण्ड्सका लागि आइरिस विलिङले दुई विकेट लिइन् भने कारोलिन डे लाङ र हिथर सिगर्सले समान एक–एक विकेट लिए ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  २ : ०२ बजे

सत्कारले लोभिन्छन् भकुण्डेको घरबासका पाहुना

बागलुङ । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला

मनोबल बोकेर निर्वाचन सुरक्षामा खटियो नेपाल प्रहरी

रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद

पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु बरामद

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र