९ चैत्र २०८२, सोमबार | March 23, 2026

भैरहवाबाट कल बाईपासमा संलग्न ब्यक्ति उपकरण सहित पक्राउ



बुटवल । भैरहवामा बसेर कल बाईपासको अबैध धन्दा गर्ने एकजनालाई पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका वडा न.३ खजहनाबाट कल बाईपासको धन्दा गर्ने नवलपरासी प्रतापपुर गाउँपालिका वडा नं ८ नोडिहवाका २७ वर्षिय रोहित अहिरलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय गुलावचन्द गुप्ताको घरकोठा भाडामा लिई विभिन्न उपकरणहरु जडान गरी कल बाईपास संचालन गरेको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले गुप्ताको घरबाट अहिरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका अहिरको कोठाबाट स्पाइलर कम्पनीको हव ९ थान, इन्टेल कोर आई ५ सिपियु ४ थान, मोडेम १६७ थान, एन्टेना सहितको हव २ थान, नेपाल टेलिकमको सिमकार्ड १९० थान, एनसेलको सिमकार्ड २७० थान, एलसिडी मोनिटर १ थान, मोबाइल ५ थान, ल्यापटप १ थान र वर्डलिन्कको राउटर १ थान बरामद भएको छ । अहिरमाथि कल बाईपास कसूरमा रुपन्देही जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान कार्य भईरहेको समेत प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  १२ : ५८ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा