२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

शनिबार देखि नेपालगन्ज रंगशालामा मेयर कप फुटबल प्रतियोगिता हुँदैं



नेपालगन्ज । मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता– २०८१ शनिबार देखी नेपालगन्जमा सुरु हुँदैछ । बाँके जिल्ला फुटबल संघको आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन नेपालगन्ज सेन्ट जेभिर्यस स्कुल र होप इन्टरनेसनल स्कुलले प्रतिस्पर्धा गर्दैछन् । नेपालगन्ज रंगशालामा हुने प्रतियोगिताको छात्र तर्फ २१ विद्यालयको सहभागिता रहेको छ ।

प्रतियोगिताको समुहमा ‘ए’ मा नेपालगन्ज सेन्ट जेभियर्स स्कुल, होप इन्टरनेशनल, पशुपति मावि राझाँ, ब्राइटल्याण्ड मावि, ड्रिमल्याण्ड, मनकामना, सगरमाथा, राम मावि, मोर्डन पब्लिक र जीवनज्योती स्कुल रहेका छन् ।

समुह ‘बी’ मा आदर्श मावि राझाँ, जय बागेश्वरी स्कुल, मुनतारा, ग्रीनपीस, आर्दश मावि नेपालगन्ज, सेन्टथोमस, सिद्धार्थ विद्या सदन, धम्बोझी मावि, मंगल प्रसाद मावि, युनाईटेड र नेपालगन्ज मोडेल एकेडेमी रहेका छन् । प्रतियोगिताको छात्र तर्फको फाइनल खेल फागुन ३ गते हुनेछ ।

आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको बताए । प्रतियोगिताले विद्यालय स्तरबाट नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले बताए ।

छात्रा तर्फको फुटबल प्रतियोगितालाई नेपालगन्जमा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा स्थानीय टिमको लागि खेलाडी छनोटको रुपमा पनि लिइएको आयोजकले बताएको छ । प्रतियोगिताका दौरान उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई छनोट चरणमा सहभागि गराउने तयारी रहेको संघले बताएको छ ।

मेयर कप फुटबल प्रतियोगिताले बाँकेमा हरेक वर्ष प्रतिभावान खेलाडी उत्पादन गरिरहेको संघका अध्यक्ष भोजराज शाहीले बताए । उनले भने,‘मेयर कप भनेको विद्यालय स्तरबाट खेलाडी उत्पादन गर्ने प्रतियोगिता हो । यसले खेलाडीहरुलाई विद्यालय स्तरबाटै उच्च स्तरको प्रतियोगिता खेल्ने अवसर प्रदान गरेको हुन्छ । यस प्रतियोगिताबाट राम्रो खेल्ने खेलाडीले भविष्यमा व्यवसायिक फुटबलरको रुपमा आफुलाई अगाडी बढाउन सक्छन् ।’ विद्यालय स्तरको खेलाडीलाई प्राथमिकतामा राखेका कारण १८ वर्ष सम्मका खेलाडीले मात्र खेल्न पाउने आयोजकले नियम बनाएको छ । गत वर्ष मेयर कप फुटबल प्रतियोगिताको छात्र तर्फ नेपालगन्ज सेन्ट जेभियर्स र छात्रा तर्फ नेपालगन्ज मोडेल एकेडेमी टिम च्याम्पियन बनेको थियो ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ९ : १० बजे

मनोबल बोकेर निर्वाचन सुरक्षामा खटियो नेपाल प्रहरी

रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद

पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु बरामद

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको