२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

मेयर कप फुटबल, आदर्श मावि राझाँ, ग्रिनपिस, आदर्श मावि नेपालगन्ज विजयी



नेपालगन्ज । आदर्श मावि राझाँ, ग्रिनपिस स्कुल कोहलपुर र आदर्श मावि नेपालगन्जले मेयर कप अन्तर विद्यालय जिल्ला स्तरीय छात्र फुटबल प्रतियोगितामा आइतबार जित हासिल गरेका छन् ।

नेपालगन्ज रंगशालामा भएको आइतबारको पहिलो खेलमा आदर्शले जय बागेश्वरी स्कुललाई ३–२ ले पराजित गरेको छ । आदर्शको जितमा खगेन्द्र थापाले २ गोल र आकास सुनारले १ गोल गरेो । प्लेयर अफ द म्याचको ट्रफी जित्न सफल खगेन्द्रले २३औं र ३१औं मिनेटमा गोल गरेका थिए भने आकासले १४औं मिनेटमा गोल गरेका थिए । जय बागेश्वरीको तर्फबाट करण शाहीले २५औं मिनेट र विवेक चौधरीले २०औं मिनेटमा गोल गरेका थिए । प्लेयर अफ द म्याच खगेन्द्रलाई प्रदेश खेलकुद परिषद लुम्बिनीका जनक केसीले ट्रफी प्रदान गरेका थिए ।

दोस्रो खेलमा दिपेश भण्डारीले निर्णायक गोल गरेपछि ग्रिनपिसले मुनतारा स्कुल राझाँलाई १–० ले पराजित गरेको छ । प्लेयर अफ द म्याच दिपेशले खेलको ५८औं मिनेटमा गोल गरेका थिए । दिपेशलाई नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष वरिष्ठ पत्रकार निरज गौतमले ट्रफी प्रदान गरे ।

यसैगरी तेस्रो खेलमा आदर्शले पेनाल्टी सुटआउटमा सेन्ट थोमस स्कुललाई ३–१ ले पराजित गरेको थियो । निर्धारित समयमा खेल गोलरहित बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउटमा आदर्शको लागि सन्दिप बुढा, रोशन घर्तिमगर र सक्षम थापा मगरले गोल गरे । सेन्ट थोमसको लागि अमन केसीले मात्र गोल गर्न सके । खेलको प्लेयर अफ द म्याच राकेश चौधरीलाई पुर्व राष्ट्रिय फुटबल खेलाडी एवम् एनजिओ फेडरेशन बाँकेका पुर्व अध्यक्ष तेजबिक्रम शाहले पुरस्कृत गरे ।

आइतबारको चौथो खेल धम्बोझी मावि र आदर्श विद्या सदनबीचको खेल कमजोर प्रकाश ‘भिजिबिलीटी’ कारण गोलरहित बराबरीको अवस्थामा स्थगित गरिएको छ । स्थगित गरिएको खेल सोमबार बिहान खेलाईने आयोजकले जनाएको छ । बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिताको छात्र तर्फ २१ टिमको सहभागिता रहेको छ । फागुन ३ गते सम्म चल्ने मेयर कप फुटबल प्रतियोगिता–२०८१ को छात्र तर्फ २१ विद्यालयको सहभागिता रहेको छ ।

प्रतियोगिता अन्तर्गत छात्र तर्फको सोमबारको दोस्रो खेल मोर्डन पब्लिक स्कुल र जीवनज्योती बीच हुनेछ । तेस्रो खेल मंगल प्रसाद मावि र युनाइटेड एजुकेशनबीच हुनेछ भने चौथो खेल होप इन्टरनेशनल र ब्राइटल्याण्डबीच हुनेछ । पाँचौं खेल मनकामना मावि र सगरमाथा स्कुलबीच हुने आयोजकले बताएको छ ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ९ : १८ बजे

मनोबल बोकेर निर्वाचन सुरक्षामा खटियो नेपाल प्रहरी

रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद

पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु बरामद

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको