२१ मंसिर २०८२, आइतबार | December 7, 2025

मेयर कप फुटबलमा ग्रीन पिस सेमिफाइनलमा प्रवेश



नेपालगन्ज । कोहलपुरको ग्रीनपिस मावि मेयर कप अन्तर विद्यालय छात्र फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । ग्रीनपीसले पेनाल्टी सुटआउटमा आदर्श मावि राँझालाई ५–४ ले हराउँदै जित हासिल गरेको हो ।

नेपालगन्ज रंगशालामा भएको खेलमा निर्धारित समयमा खेल १–१ को बराबरीमा सकिएको थियो । ग्रीनपीसका विराज रोकायले २५औं मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए । तर आदर्शका खगेन्द्र थापाले ४८औं मिनेटमा गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो । पेनाल्टी सुटआउटमा ग्रीनपीसका विशाल थापा मगर, विराज रोकाय, डेविट तामाङ, दिपेश भण्डारी र झलक सिंहले गोल गरेका थिए ।

आदर्शका आर्यन भुजेल, आकाश सुनार, उज्जवल खत्री र खगेन्द्र थापाले गोल गरे । खेलमा ग्रीनपीस माविका विराज रोकाय प्लेयर अफ द म्याचबाट पुरस्कृत भए । उनाँलाई कोहलपुर सिटी एकेडेमीका निर्देशक प्रशान्त रिजाल र युवा व्यवसायी प्रकाश गौतमले प्लेयर अफ द म्याचको ट्रफी प्रदान गरे । यसैगरी मंगलबारको दोस्रो खेलमा धम्बोझी मावि नेपालगन्जले पेनाल्टी सुटआउटमा आदर्श मावि नेपालगन्जलाई ५–३ ले पराजित गदैं क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो । धम्बोझीका कमल विकले २०औं र समिर मगरले ५३औं मिनेटमा गोल गरे । आदर्श मावि नेपालगन्जका निश्चल थापा मगरले ६१औं र जेनिष बोहोराले ६३औं मिनेटमा गोल गर्दै टोलीलाई खेलमा कमब्याक गराएका थिए ।

पेनाल्टी सुटआउटमा धम्बोझीका समिर मगर, प्रिन्स जिएम, सन्देश मगर, तुफान शाही, दिनेश रोकायले गोल गरेभने आदर्शका निश्चल थापा मगर, राहुल श्रेष्ठ र जेनिस बोहोराले गोल गरेका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै धम्बोझी समिर मगर प्लेयर अफ द म्याच घोषित भए । उनलाई नेक्सस इनर्जी प्रालीका निर्देशक एवम् अटोटेम्पो तथा ई–रिक्सा व्यवसायी संघ बाँकेका महासचिव कुमार सिंह ठकुरी र नेपाल पत्रकार महासंघ बाँकेको उपाध्यक्ष करुणा शाहले पुरस्कृत गरे ।

मंगलबारको तेस्रो खेलमा पेनाल्टी सुटआउटमा नेपालगन्ज मोडेल एकेडेमीलाई ३–१ ले पराजित गर्दै युनाइटेड एजुकेशन स्कुल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा खेल १–१ को बराबरीमा सकिएको थियो । युनाइटेडका निक्सान सुनारले १५औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । नेपालगन्ज मोडेल एकेडेमीका अरुण खत्रीले ४०औं मिनेटमा गोल गर्दै खेल बराबरी गरे ।

पेनाल्टी सुटआउटमा युनाइटेडका अवशेष रेग्मी, उत्सव सुनार र अनिष रानाले गोल गरे । नेपालगन्ज मोडेल एकेडेमीका विकास कुमार कटुवालले मात्र गोल गरेका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै युनाइटेडका गोलकिपर तथा कप्तान अनिष राना प्लेयर अफ द म्याच घोषित भए । उनँलाई नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरीले पुरस्कृत गरेका थिए ।

प्रतियोगिता अन्तर्गत बुधबार छात्रा तर्फको पहिलो क्वाटरफाइनलमा मोर्डन पब्लिक स्कुल र मनकामना मावि स्कुलले प्रतिस्पर्धा गर्नेछ । दोस्रो क्वाटरफाइनलमा धम्बोझी र युनाटेड एजुकेशनले प्रतिस्पर्धा गर्नेछ । यसैगरी बुधबार देखि छात्रा तर्फको पनि खेल सुरु हुने भएको छ । छात्रा तर्फको पहिलो खेलमा नेपालगन्ज सेन्ट जेभियर्स स्कुल र धम्बोझी माविले प्रतिस्पर्धा गर्नेछन् । अर्को खेलमा युनाइटेड एजुकेशन र मनकामनाले प्रतिस्पर्धा गर्नेछन् ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिताको छात्र तर्फ २१ टिम र छात्रा तर्फ ६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल फागुन ३ गते हुनेछ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ७ : १७ बजे

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पुर्पक्षका लागि थुनामा

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई विशेष अदालतले

३३ वर्षिया महिला बलात्कार आरोपमा ३० वर्षिय शाही पक्राउ

कोहलपुर । बाँके प्रहरीले जबरजस्ती करणी आरोपमा एकजनालाई पक्राउ गरेको

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

दोलखा । दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौँ । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी

अन्तिम खेलमा कर्णाली याक्सको विजय, जनकपुर बोल्ट्स ४ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत लिग